Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

भन्सार छली र राजस्व चुहावटमा आएन कमी ,पर्सा प्रहरीले मात्रै सवा चार करोड बढीको मालवस्तु समात्यो

भन्सार छली र राजस्व चुहावटमा आएन कमी ,पर्सा प्रहरीले मात्रै सवा चार करोड बढीको मालवस्तु समात्यो

  • काठमाडौं । भन्सार छली र राजस्व चुहावटको कार्यमा कमी आएको छैन् । जिल्ला प्रहरी पर्सा कार्यालयबाट खटिएका टोलीहरूले नै एक महिना भित्र सवा चार करोड बढीको मालवस्तु समातेर अनुसन्धानका लागि पठाएको हो ।

    पर्यवेक्षकका अनुसार प्रहरी टोलीले  समातेको भन्दा बढी तस्करहरूले उम्काउन सफल भएका छन् ।पर्यवेक्षकहरूको यो भनाइसँग पर्सा जिल्लासम्बद्ध स्रोतले पनि यस्तो बताएका छन् ।

    गत जनवरी महिनामा ६ पटक पर्सा प्रहरीले बिल बिजक भन्दा बढी मालवस्तु लोड गरिएका ट्रक नियन्त्रणमा लिएर गरिएको अन्दाजी मूल्यांकनबाट सवा चार करोड बढीको मालवस्तु अनुसन्धानका लागि पठाएको जनाएको हो ।
    माघ १० गते  अन्दाजी कुल १ करोड १३ लाख १८ हजार ८सय ९० बराबरको मालवस्तु नियन्त्रणमा लिएको थियो ।सो ट्रकमा कपडा तथा खुद्रा सामानहरू रहेको र त्यसलाई माघ ११ गते राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको जनाइएको छ ।यसैगरी  माघ ६ गते मिनिट्रकमा बिज बिजक भन्दा बढीको प्याज पर्सा प्रहरीले समातेको थियो । सो आलुप्याजको मूल्यांकन एक लाख बढीको गरिएको थियो ।

    पुस २५ गते भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजी मूल्यांकन १६ लाख ६७ हजार बढी गरिएको थियो । कपडा, रेडबुल, नकली गहना र प्लास्टिकका सामान रहेको प्रहरीले जनाएको थियो ।यसैगरी पुस २३ गते बिज बिजक भन्दा बढी कपडा तथा खुद्राको सामान समातिएको थियो । राजस्व छली चोरी गरी बिल बिजक भन्दा बढीको अन्दाजी आकलन ५२ लाख ६४ हजार बढी गरिएको थियो ।यसैगरी पुस १८ गते  समातिएको मालवस्तुको मूल्यांकन ५६ लाख ५ हजार बढीको गरिएको थियो ।अनि पुस १७ गते  औषधि समेतको मालवस्तुको चोरी पैठारी गर्न खोजिएकामा प्रहरीले पक्राउ गरेको थियो । सोको मूल्यांकन १ करोड ८९ लाख बढीको गरिएको थियो ।

    पर्सा प्रहरीले  ती सबै चोरी पैठारी गर्न खोजिएका मालवस्तुलाई ट्रकसहित राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाएको थियो ।अनुसन्धान कार्यालय पथलैयासँग उसका मातहतका अन्य क्षेत्रबाट पक्राउ गरी ल्याइएका मालवस्तुको जानकारी लिन खोज्दा तत्काल  सरोकारबाला अधिकारी उपलब्ध नभएको जानकारी दिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij