Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

साफ च्याम्पियनशिप : नेपालले भूटानलाई हरायो


नया सडक

२०८०, माघ २१ आइतबार

  • 780
    Shares

  • साफ च्याम्पियनशिप : नेपालले भूटानलाई हरायो

     

    काठमाडौँ ।  दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ ।

    बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भूटानमाथि १–० गोलको जित निकालेको हो । यस जितसँगै नेपालले प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको छ । 

     

    नेपालको जितमा सेनु परियारले गोल गरिन् । उनले खेलको ५४औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल साबित भयो । यसअघि भएको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको थियो । यता भूटान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । 

     

    नेपाल, बङ्गलादेश, भूटान र भारत सहभागी उक्त प्रतियोगितामा अङ्क तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । नेपालले आफ्नो तेस्रो खेल यही माघ २३ गते भारतसँग खेल्नेछ । रासस

    प्रतिक्रिया दिनुहोस