Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

सोमबारदेखि सुरु हुने संसदीय अधिवेशनमा आज केही विधेयकहरू प्रस्तुत हुने कार्यविधि तय

सोमबारदेखि सुरु हुने संसदीय अधिवेशनमा आज केही विधेयकहरू प्रस्तुत हुने कार्यविधि तय

  • काठमाडौँ । आज सोमबारदेखि सुरु हुने संसदीय अधिवेशनमा केही विधेयकहरू प्रस्तुत हुने कार्यविधि तय गरिएको छ । बैठक अपरान्ह चार बजेका लागि बोलाइएको संघीय संसद् बैठकको सम्भावित सो कार्यसूची  संसद् सचिवालयले तय गरेको हो ।

    संसद्का महासचिव पद्यमप्रसाद पाण्डेले आइतबार सार्वजनिक गरेको संघीय संसद्को सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारे पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन रहेका छन्

    यसैगरी विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक टेबल गर्ने तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने कार्यक्रम रहेको छ । साथै  बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सम्भावित कार्यसूचीमा परेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij