Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

अप्पर तामाकोशीको हकप्रद शेयर लिलामीमा नपरेको रकम आजबाट लगानीकर्ताको खातामा  फिर्ता हुँदै


नया सडक

२०८०, माघ २२ सोमबार

  • 852
    Shares

  • अप्पर तामाकोशीको हकप्रद शेयर लिलामीमा नपरेको रकम आजबाट लगानीकर्ताको खातामा  फिर्ता हुँदै

    काठमाडौं ।  अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आज (माघ २२ गते) बाट फिर्ता हुँदैछ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आजदेखि लिलामीमा नपरेको रकम क्रमशस् फिर्ता हुँदै जानेछ । आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउनेछन् । अपर तामाकोशीको लिलामी सेयर भर्दा अर्बौ रकम जम्मा भएको छ । यसले गर्दा सो रकम दोस्रो बजारमा फर्किदा सेयर बजार चलायामान हुने लगानीकर्ताहरु बताउँछन् । यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन् । यसको कट अफ प्राइस १४७ रुपैयाँ आएको छ ।

    प्रतिक्रिया दिनुहोस