Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

जनवरीमा बङ्गलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो


नया सडक

२०८०, माघ २२ सोमबार

  • 576
    Shares

  • जनवरीमा बङ्गलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो

    ढाका ।बङ्गलादेशले जनवरीमा  ५।७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११.४५  प्रतिशतले वढि हो ।  

     सन्  २०२३÷०२४  को आर्थिक वर्षको पहिलो सात महिनामा सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म बङ्गलादेशको कूल निर्यात वार्षिक आधारमा २.५२ प्रतिशतले बढेर ३३.२६ अर्ब डलर पुगेको निर्यात प्रवद्र्धन विभाग (इपिबी)ले जनाएको छ ।

    निर्यात वृद्धिको श्रेय केही हदसम्म तयारी कपडा क्षेत्रले देखाएको राम्रो प्रदर्शनलाई दिइएको छ ।

    बङ्गलादेशले सन् २०२३ जुलाई–जनवरी सम्मको अवधिमा तयारी कपडाको निर्यातबाट २८।३६ अर्ब डलर कमाएको छ । यो अघिल्लो वर्ष २७.४२ अर्ब डलर मात्र थियो ।

    बङ्गलादेशले आर्थिक वर्ष २०२३÷०२४ मा आफ्नो निर्यात लक्ष्य ६२ अर्ब डलर राखेको छ ।

    यसमा तयारी पोशाक उत्पादनबाट मात्र ५२ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको छ ।  रासस

    प्रतिक्रिया दिनुहोस