Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images
बाँसबारी छालाजुत्ता जग्गा घोटाला

बाँसबारी छालाजुत्ता जग्गा घोटालामा सांसद उद्योगी चौधरीका परिवारसमेत माथि अनुसन्धान गर्न आदेश

बाँसबारी छालाजुत्ता जग्गा घोटालामा सांसद उद्योगी चौधरीका परिवारसमेत माथि अनुसन्धान गर्न आदेश

  • काठमाडौं । बासबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा सांसद उद्योगी विनोद चौधरीको  परिवारसमेतमाथि अनुसन्धान गर्न आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौंले बाँसबारी छालाजुत्ता जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीसमेको विषयमा अनुसन्धानका लागि तत्कालीन च्याम्यिन फुटवेयरका सेयरधनीलाई पनि अनुसन्धान गर्न आदेश दिएको हो । नेपाली कांग्रेसका सांसद तथा उद्योगी चौधरी पक्राउ परेका अरुण चौधरीका दाजु हुन् ।

    सोमबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तत्कालीन च्याम्पियन फुटवेयरका सेयरधनीहरूमाथि अनुसन्धान गर्न आदेश विषयमा यस्तो आदेश दिएपछि सांसद चौधरीका परिवारका सदस्यहरू मुछिन पुगेका हुन् ।

    सुरुमा च्याम्पियन फुटवेर कम्पनीको सेयरधनीमा विनोद कुमार चौधरी, अरूण चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी रहेको पछि मात्र  सो कम्पनी अरुण चौधरी र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा  हुन पुगेको हो ।

    यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो । अदालतले पक्राउ परेका चौधरी, थापा र ठाकुरलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न पनि आदेश दिएको हो ।

    पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यस अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराई हाजिर जमानीमा छाड्न आदेश आदेश दियो ।

    महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सिजी चाँदबाग रेसिडेन्सी नामक निजी कम्पनीमा सारेको विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चौधरीसहित तीनै जनालाई १८ माघमा पक्राउ गरेको थियो ।

    अदालतले यो जग्गा प्रकरणमा जोडिएका मालपोत कार्यालयकाक कर्मचारीको विवरण पनि अनुसन्धान गर्न आदेश दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij