Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

मौसम :  पहाडी भू-भागमा आंशिक बदली


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 606
    Shares

  • मौसम :  पहाडी भू-भागमा आंशिक बदली

     

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

     

    आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आशिंक बदली भएको छ, कैलालीको धनगढीमा हुस्सु र तराईका सम्पूर्ण भू(भागमा कुहिरो लागेको छ, आजसहित एक दुई दिनका लागि वर्षाको सम्भवना न्यून रहेपनि केही प्रदेशमा हिमपातको सम्भवना छ ।”

     

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    अहिले काठमाडौँको वायुको तापक्रम १० डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता तीन हजार पाँच सय मिटर रहेको छ । यसैगरी काठमाडौँको आजको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेड रहने मौसमविद् पुडासैनीले बताउनुभयो । उहाँका अनुसार काठमाडौँमा वर्षाको सम्भवना नरहेको र काठमाडौँको मौसम आजका लागि मुख्यतया सफा रहने छ ।

     

    यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस