काठमाडौं । आज नेप्से ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा आएको छ । आज २ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।यस दिन ३ सय १५ कम्पनीको ७६ लाख २४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ करोड ७६ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः माउन्टेन इनर्जी र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।