Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images
भिजिट भिसा सेटिङ

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजना जेल चलान , अन्य ६ जनालाई धरौटीमा छाडिए

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजना जेल चलान , अन्य ६ जनालाई धरौटीमा छाडिए

  • काठमाडौ । जिल्ला अदालत काठमाडौंले  भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजना जेल चलान गर्ने आदेश दिएको छ ।  संगठित अपराध र किर्ते मुद्दामा मंगलबार उनलाई थुनामा थुनामा पठाउने आदेश भएको हो । 

    अधिकृत खड्कासहित बिचौलियाहरू अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङ जेल चलान भए । अन्य ६ जनालाई धरौटीमा छाड्ने आदेश भए । 

    दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीलाई सात–सात लाख, गीता शाहलाई पाँच लाख, विनोद कार्कीलाई दुई लाख, रविन अर्याल र पदम लामालाई एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दियो ।  

    प्रहरीले सरकारी वकिलमार्फत गत साता २२ जनाविरुद्ध मुद्दा चलाएकोमा आठजना अध्यागमन अधिकृतसहित १२ जना फरार छन्। यो मुद्दामा अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद आचार्य, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो र बिचौलिया समूहका केदारबहादुर खड्का, कौशिला मगर, लक्ष्मी राई र रिता दमाईं फरार छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij