Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

नेपाल लाइफ इन्सुरेन्सको खुद नाफा १२.९० प्रतिशतले बढ्यो


नया सडक

२०८०, माघ २४ बुधबार

  • 429
    Shares

  • नेपाल लाइफ इन्सुरेन्सको खुद नाफा १२.९० प्रतिशतले बढ्यो

    काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १२.९० प्रतिशतले धेरै हो ।कम्पनीले लगानी तथा कर्जाबाट ७ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको छ । यसको कुल दावी भुक्तानी भने १८.५१ प्रतिशतले घटेर ६ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ ।हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा १ अर्ब ३ करोड रुपैयाँ छ । कम्पनीको जीवन बिमा कोषमा १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले १९ अर्ब ७१ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ७.१३ प्रतिशतले धेरै हो । 

    images

    प्रतिक्रिया दिनुहोस