Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images
  • समाचार
    • अर्थ-राजनीति
      विश्व
      मनाेरञ्जन
      साहित्य
      खेलकुद
      शिक्षा/स्वास्थ्य
      जनशक्ति
      जीवनशैली
      विकास
      पत्रपत्रिकाबाट
  • बैंक/वित्त
    • बिमा
      सहकारी
      विविध
  • सेयर
  • उद्योग / वाणिज्य
    • पर्यटन
      कृषि
      सेवा
      सूचना प्रविधि
  • भन्सार/राजश्व
    बजार
    एनआरएनए
    नयाँसडक विशेष
  • विचार
    • अन्तर्वार्ता
      सम्पादकीय
  • प्रदेश
    • कोशी प्रदेश
      मधेश प्रदेश
      बागमती प्रदेश
      गण्डकी प्रदेश
      लुम्बिनी प्रदेश
      कर्णाली प्रदेश
      सुदुरपश्चिम प्रदेश
  • नयाँसडक TV
    EN
    • May 20 2025 | २०८२, जेठ ६गते

    चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ मस्यौदाप्रति चलचित्रकर्मीहरूको असहमति

    चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ मस्यौदाप्रति चलचित्रकर्मीहरूको असहमति

    • नयाँ सडक
    • बुधबार, माघ २४ २०८०
  • 1.3k
    Shares
  • 1.3k
    Shares
  • चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ मस्यौदाप्रति चलचित्रकर्मीहरूको असहमति
    काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समितिले तयार पारेको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ मस्यौदाप्रति चलचित्रकर्मीले असहमति जनाएका छन् । उक्त कार्यविधिले सिर्जनात्मक स्वतन्त्रतामा अंकुश लाग्ने ठहर गर्दै चलचित्रकर्मी आफ्नो असहमति स्पष्ट रुपमा व्यक्त गरिरहेका छन् ।
    chalchitra jaanch samiti.jpg
     
    निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले ‘इजाजतपत्र जारी नहुने’ प्रावधानप्रति सहमत हुन नसक्ने बताउनुभयो । “कार्यविधिमा समेटिएका २० बुँदाले हामीलाई स्वतन्त्रता दिँदैन । चलचित्रलाई जाँच पासको क्रममा वर्गीकरण गर्नुपर्छ भन्ने मलगायत धेरै निर्माता साथीहरूको धारणा छ ।
     
    विश्वभर दर्शकलाई वर्गीकरण गर्ने गरिन्छ । यहाँ काँटछाँट गरेर वर्गीकरण गरिन्छ”, निर्माता बानियाँले भन्नुभयो । उहाँले विषयलाई प्रस्ट्याउन प्रयोग गर्ने दृश्य वा संवादले राष्ट्र वा मित्रराष्ट्रलाई असर गर्दै भने सिर्जनात्मक हस्तक्षेप गर्न नहुने विचार राख्नुभयो । चलचित्र निर्माताको छाता संस्था नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले प्रस्तावित कार्यविधिमा समेटिएका बुँदाबारे आफ्नो संस्थाको असहमति रहेको र आगामी छलफलमा आफ्ना असहमति स्पष्ट रुपमा राख्ने बताउनुभयो ।
     
    निर्देशक तथा लेखक मनोज पण्डितले प्रस्तावित कार्यविधि जस्ताको तस्तै पारित गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नयाँ कार्यविधिअनुसारको घेराभित्र बसेर स्वतन्त्र, सिर्जनशील, आधुनिक, यथार्थपरक र समयसापेक्ष चलचित्र तयार गर्न असम्भव छ ।”
     
    चलचित्र वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठले प्रस्तावित कार्यविधि नेपालको संविधानमा व्यवस्था भएको विचार तथा अभिव्यक्ति स्वतन्त्रता बमोजिम नरहेको जिकीर गर्नुभयो । प्रस्तावित नीतिमा नेपालको शान्ति सुरक्षामा खलल पु¥याउने, मित्रराष्ट्रसँगको सु–सम्बन्धमा नकारात्मक असर पु¥याउने, अदालतको अवहेलना हुने दृश्य तथा संवाद भएको, विभिन्न जातजाति धर्म वर्ग, वर्ण, लिङ्ग, समुदाय वा सम्प्रदायबीचको सु–सम्बन्धमा नकारात्मक असर पर्ने वा धार्मिक, सामाजिक र सांस्कृतिक विचलन ल्याउने चलचित्रले इजाजतपत्र नपाउने व्यवस्था छ । चलचित्र निर्देशक केपी पाठक, अभिनेता दीपकराज गिरीलगायतले यो जाँच नीतिले कलाकारहरुलाई ‘हात बाँधेर पौडी खेल्न दिइएजस्तो’ भएको टिप्पणी गर्नुभयो । चलचित्रकर्मीहरुले जाँचपासका क्रममा रहने पदाधिकारी चलचित्र बुझेको हुनुपर्ने, सिर्जनात्मक हस्तक्षेप गर्न नहुने, विना काँटछाँट चलचित्र वर्गीकरण गर्नुपर्ने भन्दै आवाज उठाउने गरेका छन् । (रासस)

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    • १

      नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ६ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...
    • २

      नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त
    • ३

      नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस
    • ४

      सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते
    • ५

      एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
    सम्पर्क

    अनुसन्धानात्मक प्रकाशन समूह प्रा. लि.
    काठमाण्डौ नेपाल
    फोन नम्बर: ०१-४२३९५५०
    इमेल : [email protected]
    [email protected]
    सुचना विभाग दर्ता नम्बर: ४९९ / ०७४-७५

    हाम्रो टिम

    सम्पादक : ज्ञान प्रसाद पौडेल
    प्रबन्ध निर्देशक: रत्नमणि दाहाल
    अमेरिका: पूर्ण सिंह बराईली

    समाचारदाता: एस.एम. पौडेल
    के.पि. पौडेल
    देव गौतम

    महत्वपूर्ण लिंकहरु
    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा
    • सम्पर्क
    • युनिकोड
    सोसल मिडिया

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij

    सर्च खोज्नुहोस्

    Logo
    • गृहपृष्ठ
    • समाचार
      • अर्थ-राजनीति
      • विश्व
      • मनाेरञ्जन
      • साहित्य
      • खेलकुद
      • शिक्षा/स्वास्थ्य
      • जनशक्ति
      • जीवनशैली
      • विकास
      • पत्रपत्रिकाबाट
    • बैंक/वित्त
      • बिमा
      • सहकारी
      • विविध
    • सेयर
    • उद्योग / वाणिज्य
      • पर्यटन
      • कृषि
      • सेवा
      • सूचना प्रविधि
    • भन्सार/राजश्व
    • बजार
    • एनआरएनए
    • नयाँसडक विशेष
    • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    English
    नयाँसडक TV