Logo

Jul 10 2025 | २०८२, असार २६गते

Jul 10 2025 | २०८२, असार २६गते

images

गुरुबारे कहाँ कहाँ के भनिएको रहेछ

गुरुबारे कहाँ कहाँ के भनिएको रहेछ

  •  गुरुपूर्णिमा र व्यास जयन्तीको सन्दर्भ
    विषय प्रवेशः-
    बौ‌द्धिक सनातनीहरु लगायत बौद्ध मार्गीहरूका लागि समेत गुरु पूर्णिमाको दिनलाई एउटा पवित्र दिनको रूपमा मानिदै आएको छ। हाम्रो सदियाँ वर्ष पुरानो संस्कृतिमा गुरु सबैभन्दा आदरणीय र महत्वपूर्ण नाम हो। हाम्रो शिक्षाको जग नौ गुरुकुल पद्धतिमा आधारित थियो। भगवान रामले विश्वामित्र गुरुको गुरुकुलबाट दीक्षा लिनु भएको थियो। जगत्गुरु भगवान श्रीकृष्णले गुरु सान्दिपनिको गुरुकुलबाट शिक्षा लिएर पछि जगतगुरु। जगतगुरु हुनु भएको थियो। हाम्रो प्राचीन संस्कृति गुरुकुलीय संस्कृति थियो। त्यतिमात्र नभएर यो यो पद्धति आजपर्यन्त रहेकै छ। यस प्रकार विचार गर्दा गुरु हाम्रो जीवनको महत्वपूर्ण व्यक्तित्वका रूपमा रहनु भएको छ। हाम्रा प्राचीन शास्त्रहरूका निम्न श्लोकहरूले गुरुका लागि दिइएको सर्वोच्च स्थानलाई स्पष्ट पार्दछः
    गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः
    गुरु साक्षात् परः ब्रह्म तस्मै श्री गुरवे नमः।
    हाम्रा वैदिक शास्त्रहरूमा गुरुलाई यसरी प्रार्थना गरिएको पाइन्छ, आज पनि हामी त्यसको निरन्तरता दिइरहेका छौं। उपर्युक्त श्लोकको अर्थ - हे! गुरो तपाईहरु ईश्वर बराबर हुनुहुन्छ, तपाई भगवान ब्रह्माजी हो, तपाई भगवान विष्णु हो र तपाई भगवान महेश्वर हो। तपाई देवताका पनि देवता हुनुहुन्छ । हे! गुरुवर तपाई तपाईहरु सर्वोच्च हुनुहुन्छ। म शिर झुकाएर तपाईहरूमा शाष्टाङ्ग दण्डवत् गर्दछु। गुरुको सम्वन्धी यो श्लोकको अर्थ मात्र हो योजना। वास्तवमा गुरु भनेको प्रकृति न हो। गुरु भनेको चराचर जगत हो। किनकी ब्रह्मा विष्णु र शिव भनेका निर्गुण, निरञ्जन, निराकार हुनुहुन्छ। प्रकृतिको सृष्टि, स्थिति र लय जुन कार्यछ यसलाई बुझ्न र बुझाउन हामा महर्षि र आचार्यहरूले सृष्टि हुनै गुणलाई ब्रहमा, पालित हुनै गुणलाई विष्णु र संहार या थन्क्याउनै गुणलाई शैव गुण भनेर छुट्‌याएर यी कुरा बुझाउन चार वेद, अठार पुराण, उपनिषद्, रामायण र भहाभारत जस्ता ग्रन्थ र गीता जस्तो ज्ञानयोग कर्मयोग र भक्तियोगको माध्यमबाट ईश्वरीय गुण चिनाउने र चिन्ने स्पष्ट कुराहरु राखिए। श्रीकृष्ण चराचर जगत प्रकृति हो र यही कृष्णलाई जगत गुरु भनिएबाट गुरु प्रकृति हो भन्नेकुरा पूर्वीय मान्यताले प्रष्टसँगले पुष्टि गरेको छ।
    यी ब्रह्मा, विष्णु र शिव आकारमा छैनन्, कसैले गर्भाधानबाट जन्माएका पनि होइनन् र न यिनको मृत्यु छ। यो संसार र यो ब्रह्माण्डको अस्तित्व स्विकार्ने चेतना रञ्जेलसम्म ब्रह्मत्व विष्णुत्व र शैवत्व गुण अमर रहने छ।
    यो कुरा पूर्वीयहरूले मात्र भर्नेका हैनन् पश्चिमा प्रशिद्ध शिक्षाविद् दार्शनिक रूसोले बच्चालाई स्कुलमा होइन अध्ययनका लागि प्रकृतिमा छाड्नु पर्छ। प्रकृति नः गुरु हो भनेकाछन्। अब पूर्वीय मान्यता र पश्चिमी मान्यताको निचोड भनेको हाम्रो पहिलो गुरु प्रकृति रहेछ भन्ने हो।
    जीवहरूको सशरीर उपस्थिति हुने दोश्रो गुरु भनेको आमा हुन्। पहिलो नदेखिने गुरु भएकोले हामीले आमालाई प्रथम गुरु यस अर्थमा मान्नु पर्दछ। जसले धरतीमा ल्याउनका प्रारम्भिक चरणदेखि च्यार्रर गर्दादेखि सम्पूर्ण कुरा सिकाएर उभ्याउँछिन् । दोश्रो भूमिकामा बाबु र परिवारका सदस्यहरु हाम्रा गुरु हुन् त्यसपछि गुरुकुल-स्कुलदेखि विश्ववि‌द्यालयसम्म बाटो देखाउने गुरुहरु पर्दछन्। यी सबै गुरुहरुलाई म यो गुरुपूर्णिमाका अवसरमा सतत् नमन गर्दछु ।
    हाम्रा अध्यात्मिक, साँस्कृतिक र धार्मिक परम्परालाई निरन्तरता दिने, वेद, पुराण र उपनिवेशका व्याख्याता साँस्कृतिक गुरुहरु हुन्। हाम्रो वैदिक सनातनी धर्ममा देवताका गुरु वृहस्पतिरु हुन्, राक्षसका गुरु शुक्राचार्य हुन्। यी गुरुहरु अत्यन्त शास्त्रज्ञ, वि‌द्यावलबाट सशक्त, सर्वमान्य र सर्वादरणीय छन् ।
    आज ब्यास जयन्तिको पावन अवसर पनि हो। ब्यासले चारवेद अठार पुराण बनाएका थिए। ब्यासका चार वेद पहिला ब्रह्माले अध्ययन गरेका थिए। वेद व्यासले गरको जुन स्तुत्य कार्य हो त्यो संसारका सबै अनुयायीहरूका लागि पथ प्रदर्शक भइरहेको छ। आजको दिन यस्ता महत्त्वपूर्ण ग्रन्थहरूका रचेता वेद व्यास जसले हाम्रो संस्कृतिको अन्धकारलाई हटाएर प्रकाशमय बनाए, ज्ञानमय बनाए त्यस्ता बेदब्यास जस्ता महान व्यक्तित्वका साथ साथै ज्ञानको ज्योति बाल्ने समस्त गुरुहरुको स्मरण, चिन्तनका लागि समर्पण गरौं। आज गुरुपूर्णिमा हो। यो दिन अहोरात्र प्रकाशमय छ। चन्द्रमा पूर्ण छन्। यस्तो महत्त्वपूर्ण दिनमा हामी गुरुहरुको प्रशंसामा विताउँ, गुरुहरुबाट दिइएको ज्ञानको स्मरण गर्दै। ती ज्ञानबाट जीवनको सहजीकरण भएको स्मरण गर्दै गुरुहरु प्रति धन्यवाद अर्पण गर्दै गुरुमा सभक्ति प्रार्थना गरियो भने
    आजको दिनको सार्थकता हुनेछ। गुरुको महत्त्वताः-
    गुरु पद यति महत्वपूर्ण हो भन्ने सन्दर्भमा श्रीम‌द्भागवतको षष्ठ स्कन्दको सप्तमोध्यायमा आएको सन्दर्भलाई म यहाँ प्रस्तुत गर्न लागिरहेको छु। स्वर्गमा के भएछ भने एकदिन स्वर्गका राजा इन्द्रले इन्द्रसभा बोलाएछन्। त्यो सभामा आफ्नी पत्नी महारानी शचीलाई पनि सँगै उच्चासनमा राखेर विराजमान भए। यसका साथै उनान्चास मरुदगण, आठ वसु, एघार रुद्र, आदित्य, ऋभुगण, विश्वदेव, साध्यगण र दुबै अश्विनीकुमारहरु लगायत सिद्धचारण, गन्दर्भ, ब्रह्मवादी मुनिगण, विद्यादर, अप्सराहरु, किन्नर पंक्षी र नाग समेतको बृहत् उपस्थितिमा त्यो सभामा इन्द्रको सेवा, स्तुति र प्रशस्ति सबैले गाइरहेका थिए। यत्तिकैमा देवगुरु बृहस्पति उक्त सभामा पाल्नु भयो। सबैले उठेर गुरुलाई श्र‌द्धापूर्वक प्रणाम र स्वागत गरे तर शक्ति र ऐश्वर्यका घमण्डले गुरुलाई उठेर प्रणाम, स्वागत तथा आसन निर्दिष्ठ गर्न इन्द्रले वास्ता गरेनन्। गुरु वृहस्पतिले यो अपमानको गम पाएपछि अत्यन्त खिन्न भएर तुरन्तै त्यहाँबाट आफ्नो घरमा जानुभयो। घरमा पुगेर पनि कसैले देख्ला भनेर आफ्नो शरीरलाई अलप गराएर रहनु भयो।
    जब इन्द्रलाई गुरु हिडेको थाहा भयो, ग्लानीसाथ गुरुलाई फिर्ता ल्याउन आफ्ना देवगण पठाए परन्तु गुरु भेटिनु भएन। यो कुरा स्वर्गको रीस गर्ने राक्षषहरूलाई पनि थाहा भयो। उनीहरु स्वर्ग कब्जा गर्ने योजनामा लागे। यी कुराहरूले इन्द्रलाई लज्जा र पश्चाताप भयो। गुरु वृहस्पतिले आफ्नो ज्ञान, शक्ति र विवेकले स्वर्गलाई राक्षसको आक्रमणबाट धेरैपटक बचाउनु भएको थियो। यो घटनाले स्वर्गको औचित्यमाथि प्रश्न उठ्यो। गुरु वृहस्स्पति अत्यन्त विद्वान, शास्त्रज्ञ, अथाह जानको सागर हुनुहुन्थ्यो। गुरुको महत्व नबुझ्नाले र ऐश्वर्य, शक्ति, मद र घमण्डले  इन्द्रलाई ग्लानी भयो । यसपछि उनले विश्वरूपलाई गुरु स्थापना गरेको कथा आउँछ। यसको मतलव गुरुको गरिमा बुझेर यथासक्य सम्मान, आदर र श्रद्धा गर्नु आजको समयमा पनि उत्तिकै आवश्यक छ।
    बिभिन्न कोणबाट गुरुको अर्थः-
    *सामान्य अर्थमा अन्धकारबाट उज्यालोमा पुर्याउनेलाई गुरु भनिन्छ। 'गु 'को अर्थ अन्धकार र रु' को अर्थ हटाउनु या प्रकाश हुन्छ संस्कृत भाषामा । त्यसर्थ संक्षेपमा गुरुको अर्थ अज्ञानको अन्धकारलाई हटाएर जानको प्रकाश फैलाउनु या ज्ञानको ज्योति बाल्नु हुन्छ।
    **अलिकति ब्यापक रुपमा गुरुको अर्थलाई विचार गर्ने हो भने
    १. शिक्षक या मार्गदर्शक- जसले ज्ञानदिने सहीबाटो देखाउने कार्य गर्नमा मद्दत गर्छ त्यसलाई शिक्षक या मार्गदर्शक
    (गुरु) भनिन्छ। अङ्ग्रेजीमा Teacher is a facilitar. He cannot Teach.He is only a facilitator.
    (२) आध्यात्मिक गुरुः आध्यात्मिक क्षेत्रको ज्ञान दिने व्यक्ति गुरु नजिक पुर्याई दिन्छ। उहाँले नै हामीलाई वैदिक मन्त्र दिनु हुन्छ।
    हो। उसले आफ्ना शिष्यलाई आत्माको साक्षात्कार
    (३) गुरुको स्थानः वैदिक संस्कृतिमा गुरुको स्थान उच्च हुन्छ। माता पिता पछि गुरुलाई गुरुलाई महत्वपूर्ण मानिन्छ। किनकि गुरुले
    शिष्यलाई सत्मार्ग प्रदान गराउनु हुन्छ।
    (४) गुरुका रूप-गुरुका रुपहरु फरक फरक हुन्छन्। माता पहिलो गुरु हुन्, पिता परिवार, शिक्षक, वेद गुरु, मन्त्र सुनाउने गुरु र हाम्रा पूजापाठ, तिथि, विवाह, व्रतवन्ध, पुरायण लँगायतका धार्मिक सांस्कृतिक कार्य सम्पन्न गराउने गुरु।
    (५) संक्षेपमा गुरु भनेको एउटा गुरुतर भार वहन गरेको व्यक्ति हो जसले ज्ञानदिने, मार्गदर्शन गर्ने र प्रेरणाको स्रोत समेत हो जसबाट
    हामीलाई जीवनको सही मार्ग प्राप्त हुन्छ।
    (६) गुरुलाई वैयाकरणिक हिसाबले हेदौ पूज्य, वजनदार, गरुड्‌ङ्गो विशेषणको र शिक्षक, पूज्यपुरुष पुलिङ्ङ्गबाट बुझ्नु पर्दछ।
    अस्तु २०८२/०३/२३ चेरबभवन, भक्तपुर।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij