Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

६१ किलो सुन प्रकरणकी प्रतिवादी रहेकी अमला रोका विरुद्ध डिफ्युजन नोटिस जारी


नया सडक

२०८०, माघ २४ बुधबार

  • 867
    Shares

  • ६१ किलो सुन प्रकरणकी प्रतिवादी रहेकी अमला रोका विरुद्ध डिफ्युजन नोटिस जारी

    काठमाडौं । नेपाल प्रहरीले अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा गरेको सिफारिसका आधारमा  ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ ।नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी भएको हो ।

    सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी सार्वजनिक गरे अनुसार खोका विरुद्ध डिफ्युजन नोटिस जारी गरिएको र उनी सुन काण्डमा मुछिएका दावा छिरिङकी पत्नी हुन् ।अमला रोकाको नाममा ठमेलस्थित होटल भियना रहेको छ ।

    साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।त्यसको १९ दिनपछि  अनुसन्धानका लागि सीआईबीलाई विभागले फाइल बुझाएको थियो ।

    प्रतिक्रिया दिनुहोस