Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  माघ २४ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, माघ २४ बुधबार

  • 675
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  माघ २४ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ  माघ २४ बुधबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    कालंगा हाइड्रो लिमिटेडको साधारण सेयर प्रत्याभूतिकर्तामा ज्योति र लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं ।  कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको आइपीओ (प्राथमिक सेयर ) मा ज्योति क्यापिटल र लक्ष्मी सनराइज क्यापिटलले प्रत्याभूत गर्ने भएका छन् । कालंगाको ललितपुर स्थित रजिष्र्टड कार्यालयमा प्रत्याभुति कार्यको लागि सञ्चालक तिर्थराज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सनराइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    एनएलजी इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं । नेप्सेमा एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको ५.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ८२५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ७८१ रुपैयाँ ९९ पैसा कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बिहीबार कारोबार खुला हुनेछ ।

    युनाइटेड मोदीलाई हकप्रद बिक्री गर्न विद्युत नियमन आयोगको अनुमत

    काठमाडौं । विद्युत नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।आयोगले युनाइटेडलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो । अब हकप्रद सम्बन्धी प्रस्ताव यस हाइड्रोपावरको आगामी साधारण सभामा पेश हुनेछ । उक्त सभा र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिएपछि हाइड्रोपावरले हकप्रद बिक्री खुला गर्नेछ ।

    बुधबार लगातार तेस्रो दिन शेयर बजार उचालियो ,बजार ४.९२ अंकले बढ्यो, नेप्से परिसूचक २०९०.६४ अंकमा

    काठमाडौं । शेयर बजार विस्तारै विस्तारै माथि चढ्दै बुधबार लगातार तेस्रो दिन बजार उचालिएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बुधबार बजार ४.९२ अंकले बढ्यो  । ०.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९०.६४ अंकमा उक्लिएको हो । 

    आज ३१३ कम्पनीका ७७ लाख ३२ हजार २ सय ३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजार २ सय ३७.४७ रुपियाँ बराबरको कारोबार भयो। 

    बजार उचालिएको दिन विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि हाइड्रो, इस्टर्न हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशत र एशियन हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो  ।

    प्रि ओपन सेसन : नेप्से सूचक ९.३८ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ९.३८ विन्दुले बढेको छ । यससँगै सूचक २०९५.१० अंकमा आएको छ । २३ लाख ५२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५६ कम्पनीको ३६ सय ३७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९३ वटा कारोबार भएको हो ।

    गणपति लघुवित्तको नाफामा ५.३३ प्रतिशतले घट्यो

    काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ५।३३ प्रतिशतले कम हो । खुद ब्याज आम्दानी ५ करोड ६ लाखबाट बढेर ५ करोड २५ लाख रुपैयाँ पुगेको छ । १ करोड ९० लाख रुपैयाँ इम्पेयमेन्ट चार्ज रिभर्स भएको छ । यसको सञ्चालन नाफा ५.३३ प्रतिशतले घटेर १ करोड ५३ लाख रुपैयाँमा झरेको छ । यता, सञ्चालन आम्दानी भने २७.३९ प्रतिशतले घटेको छ । जसका कारण नाफामा पनि असर परेको हो ।  गणपति लघुवित्तको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ६ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १८ पैसा देखिएको छ ।

    अकामा होटेलले ५० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गर्ने

    काठमाडौ । अकामा होटेल लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन १४ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा हाल कायम १०० रुपैयाँ अंकित मूल्यलाई ५० रुपैयाँमा विभाजन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विषयमा छलफल हुनेछ ।

    युनाइटेड इदी मर्दीको खुद नाफा २ करोड २० लाख

    काठमाडौं ।  युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड २० लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २०.१९ प्रतिशतले कम हो । 
    वित्तीय खर्च ५ करोड २८ लाखबाट घटेर ५ करोड ९ लाख रुपैयाँ कायम भएको छ । युनाइटेडको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ। कम्पनीको  जगेडा कोषमा ४ करोड ७२ लाख रुपैयाँ जम्मा रहेको छ । दीर्घकालिन कर्जा ९१ करोड ७३ लाख रहेको छ ।

    आज एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं । एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते बुधबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले माघ २५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।एनएलजीले गत आर्थिक वर्षको नाफबाट ५.५०%बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२८% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन ३ गते बस्दैछ ।

    सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित

    काठमाडौँ  । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी) लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए । 

    प्रतिनिधिसभाको आजको बैठकमा विधेयकमाथि कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित छलफल भएको थियो । छलफलका क्रममा १८ जना सांसदले विधेयकमाथि विभिन्न सुझाव दिएका थिए । छलफलपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा विधेयकलाई निर्णयार्थ पेस गरेका थिए ।

    चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ मस्यौदाप्रति चलचित्रकर्मीहरूको असहमति

    सर्वसाधारणलाई खाद्यान्नमा आत्मनिभर बनाउन चैते धान प्रवर्द्धनमा पोखरा महानगरपालिकाको जोड

    गण्डकी । सर्वसाधारणलाई खाद्यान्नमा आत्मर्भिरतातर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत चैते धानको प्रवद्र्धनमा जोड दिइएको छ । सिँचाइयुक्त उब्जाउयोग्य जमिनको अधिकतम् उपयोग गर्दै त्यसबाट सर्वसाधारणले लाभ लिन सकून् भन्ने उद्देश्यका साथ महानगरपालिकाले बर्सेनि चैते धान खेतीका लागि कृषकलाई सहयोग गर्दै आएको हो ।

    बन्द भएको भृकुटी कागज कारखाना लिमिटेड खोलाउने बारे गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको चासो

    बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित अन्य दुई जना पनि रिहा गरिए

    काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा गरेको  छ  ।  काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरिएको हो ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई सोमबार आदेश दिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको ठहर पनि  अदालतको आदेश थियो ।

    बागलुङ ढोरपाटनका फरार मेयर नेपालीद्वारा सहकारी बचत अपचलन गरेको स्वीकार

    काठमाडौं । फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीका  बचतकर्ताहरूको रकम आफ्नो निजी सम्पत्ति जोडेको अन्ततः स्वीकार गरेका छन्।

    काठमाडौं, पोखरा, बागलुङ बजार, बुर्तिबाङ लगायतका स्थानमा घरजग्गा किन्न खर्च गरेको र सो सम्पत्ति बेचेर बचतकर्ताको रकम तिर्ने प्रतिबद्धता पनि मेयर नेपालीले जनाएका हुन् ।

    यसअघि मंसिर ५ गते फेसबुकमा लाइभ आएर सहकारीमा बचतकर्ताको रकमबाट निजी सम्पत्तिमा लगानी नगरेको जनाएका थिए ।
    पछिल्लो समय गरेको अपिलमा मेयर नेपालीले सहकारीका शेयर सदस्यले बचत गरेको रकम खर्चेर काठमाडौं, पोखरा, बागलुङ बजार र बुर्तिबाङमा गरी ४५ कित्ता जग्गा र १८ वटा घर खरिद गरेको जनाए ।
    उनका अनुसार बुर्तिबाङमा २९ वटा कित्ता जग्गा रहेको र ३ वटा होटल रहेको  छ । बुर्तिबाङमा ८ तला अग्लो होटल दरबार, ४ तलाको मिनी होटल दरबार र ४ तलाकै होटल दरबार रेष्टुरेण्ट रहेका छन्।

    प्रधानमन्त्री ओलीको पालामा बेथितिबाट बजेट खर्च भएकोले थितीमा ल्याउन अझै समय लाग्ने अर्थमन्त्री महतको भनाइ

    काठमाडौं । अर्थतन्त्रमा सकारात्मक सुधार भएपनि बजेटरी सिस्टमको समस्या समाधान हुन दुई वर्ष लाग्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक भए पनि बजेटरी सिस्टममा समस्या भएको र  त्यसलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताएका हुन् ।

    आज काठमाडौंमा आयोजित  इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को पहिलो वार्षिक उत्सव कार्यक्रममा  मन्त्री महतले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताए ।

    अर्थमन्त्रीका अनुसार अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ  किनकी हिँजोका दिनमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भयो । आवश्यकताभन्दा ठूला-ठूला संरचनामा खर्च भए । दीर्घकालीन आवश्यकता र प्राथमिकताविना खर्च भए ।

    कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ सम्पन्न, प्रधानमन्त्री प्रचण्डद्वारा खुशी व्यक्त

    काठमाडौँ । दक्षिण कोरियामास्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स सम्पन्न भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरणअनुसारको पर्यटक खेलकुदलाई सम्बद्र्धन तथा प्रवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियमा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ ९एसजीटी–२०२४० को सम्मेलन आयोजना गरिएको हो ।
    मंगलबार राजधानी सोलस्थित हान्याङ विश्वविद्यालयमा नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउण्डेसन र हान्याङ विश्वविद्यालयको संयुक्त आयोजनामा सम्पन्न सो सम्मेलनलाई नेपालका प्रधानमन्त्री प्रचण्डदेखि विभिन्न व्यक्तिहरुले शुभकामना दिएका थिए । 

    विकास ऋणपत्र मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो । केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘ज’ जारी गर्न लागेको हो । यस ऋणपत्रका लागि बिहीबार माघ २५ गते दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । यसको निष्कासन मिति भने माघ २६ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । यसको साँवा भुक्तानी २०८८ साल माघ २६ गते हुनेछ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख  गरिएको छ ।

    प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग

    काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताउनुभयो । 

     

    मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट  गुलाफ ल्याइएको उहाँको भनाइ छ ।  यस वर्ष रातो गुलाफ प्रतिस्टिम रु ८० देखि एक सयसम्म पर्ने उहाँले बताउनुभयो । आजबाट प्रणय दिवस सप्ताह सुरु भएको छ । 

     

     
     
     
     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस