Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

भन्सार छली चोरी पैठारी गरी ल्याउन खोजिएको लाखौँका मालवस्तु अनुसन्धान गर्न बुझाइयो

भन्सार छली चोरी पैठारी गरी ल्याउन खोजिएको लाखौँका मालवस्तु अनुसन्धान गर्न बुझाइयो

  • काठमाडौं । भन्सार छली चोरी पैठारी गरी ल्याउन खोजिएको लाखौँका मालवस्तु प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयलाई अनुसन्धान गर्न बुझाएको छ ।जिल्ला प्रहरी कार्याल पर्साका प्रहरी टोलीले चालीस लाख बढी मूल्यांकन गरिएको मालवस्तु  नियन्त्रणमा लिएको हो ।

    ना ३ ख ४७४९ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई हेर्दा बिल बिजक भन्दा बढीको लत्ताकपडा तथा खुद्रा सामानहरू लोड गरेको पाइएको थियो । अनलाइन भीसीटीएस बिलमा उल्लेख गरिएको भन्दा बढी मालवस्तु फेला परेको र त्यसको अन्दाजी मूल्यांकन गर्दा ३५ लाख बढीको भएको पाइएको छ ।

    प्रहरीले जनाए अनुसार माघ २२ गते राति ०१ः१० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.३ ख ४७४९ नम्बरको मालवाहक ट्रकमा राजस्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट विराटनगरतर्फ लान खोजिएको थियो ।

     सूचना प्राप्त भई यस कार्यालयबाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई लोड रहेको मालवस्तुहरु अनलाइन भीसीटीएल बिलमा उल्लेखित भन्दा बढी लोड रहेको आशंका रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा ना.३ ख ४७४९ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो । 

    उक्त मालवाहक ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरू उल्लेखित बिल अनुसार अ.मु.रू.३५,९२,५४०–  पैतिी लाख बयान्वे हजार पाँच सय चालिस  बराबरको ट्रकभित्र लोड रहेको थियो । सो  मालवस्तुहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

    यसैगरी पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्क स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको औषधी मेसिन तथा जुत्ता लगायतका मालवस्तुहरू नियन्त्रणमा लिएको जनाएको छ । चोरी पैठारी गरी वीरगञ्ज भित्राइ बसपार्कतर्फ लग्दै गरेकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालवस्तुहरू छाडी भागी फरार भएको हुँदा सो मालवस्तुहरू वेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागिे वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । ती वस्तुहरूको मूल्यांकन ७ लाख  सैंतीस हजार ६ सय गरिएको प्रहरीले जनाएको छ । जनवरी महिनामा मात्रै पर्सा प्रहरीले चार करोड बढीको मालवस्तु नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij