नयाँदिल्ली । हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेशमन्त्री हसन महमुदले भारत आफ्नो नजिकको छिमेकी भएको उल्लेख गर्र्दै आफुहरूको सम्बन्ध विशेष भएको बताउनुभएको छ ।
एएनआईसँग कुरा गर्दै विदेशमन्त्री महमुदले भारत बङ्गलादेशको छिमेकी मात्र नभई बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि महत्वपूर्ण सहयोगी भूमिका खेलेको कुरामा जोड दिनुभएको छ ।
महमुदले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले चुनावपछि भारत भ्रमण गर्ने बताउँदै भारत–बङ्गलादेशका समस्याहरूको विस्तृत श्रृङ्खला रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बङ्गलादेशको स्वतन्त्रता र स्वाधिनता प्राप्तिको आन्दोलनमा भारतीय जनता तथा सेनासमेतले आफ्नो रगत बगाएकाले दुई राष्ट्रवीचको सम्बन्ध रगतले बाँधिएको बताउनुभएको छ ।”
आफ्ना भारतीय समकक्षी जयशंकरसँगको भेटमा बङ्गलादेशका विदेशमन्त्रीले सीमापार मुद्दाहरू, शक्ति साझेदारी, समन्वयलगायत सबै मुद्दाहरूमा छलफल गरेको एएनआईलाई बताउनुभयो ।
यसअघि, बङ्गलादेशका विदेशमन्त्री महमुदले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन योगदान पु¥याउने बताउनुभएको थियो ।
बङ्गलादेशका वा भारतीय मन्त्रीको बङ्गलादेशको कुनै पनि भ्रमणले द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने उहाँको भनाइ रहेको छ ।
विदेशमन्त्री महमुदले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
दुई नेताहरूले सुरक्षा सुनिश्चित गरी बाहिरी स्थिरता समेत कायम गर्न क्षेत्रीय सहयोग बढाउनका लागि मार्गहरू खोज्न छलफल भएको छ ।
प्रधानमन्त्रीका रूपमा लगातार चौथो कार्यकाल सुरक्षित गर्दै शेख हसिनाको ऐतिहासिक विजय प्राप्त गरी बङ्गलादेशको नयाँ सरकारमा शपथ लिएपछि महमुदको यो पहिलो विदेश भ्रमण हो ।