Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

राजस्व छली चोरी पैठारी गरी साढे चौवालीस लाख बढीको मालवस्तुसहितको ट्रक  पथलैया कार्यालयमा बुझाइयो

राजस्व छली चोरी पैठारी गरी साढे चौवालीस लाख बढीको मालवस्तुसहितको ट्रक  पथलैया कार्यालयमा बुझाइयो

  •  काठमाडौं । राजस्व छली चोरी पैठारी गरी साढे चौवालीस लाख बढीको मालवस्तुसहितको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयमा बुझाइएको छ ।माघ २४ गते राति १० बजे सो ट्रक प्रहरी टोलीले नियन्त्रणमा लिएर बिल बिजकको जाँच गरेको बेला नियन्त्रणमा लिइएको हो ।

    प्रहरीले शंका लागेर बिल बिजक जाँच गर्दा ट्रकमा बिल बिजक  भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड गरेको पाइएको थियो ।पर्सा जिल्ला प्रहरी कार्यालय सार्वजनिक गरेको विज्ञप्तिमा त्यो ट्रकलाई गण्डक चोकको सडकखण्डमा नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।

    सो विज्ञप्तिमा  मिति २०८०।१०।२४ गते अं.राती २२ः०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.३ ख ४४१५ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको छ भन्ने समेत व्यहोराको सूचना प्राप्त भएको उल्लेख छ ।

    सूचनाको आधारमा प्रहरीले चेक जाँच गरेको जनाउँदै विज्ञप्तिमा अगाडि भनिएको छ “ यस कार्यालयबाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई लोड रहेको मालवस्तुहरु अनलाई भीसीटीएस विलमा उल्लेखित भन्दा बढी लोड रहेको आशंका रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा ना.३ ख ४४१५ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरू (उल्लेखित विल अनुसार) अ.मु.रू.४४,५५,६८३।– ( चौवालीस लाख पचपन्न हजार छ सय त्रियासी)  बराबरको ट्रकभित्र लोड रहेको मालवस्तुहरू आवश्यक कारवाहीको लागि मिति २०८०।१०।२५ गते राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij