Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images
  • समाचार
    • अर्थ-राजनीति
      विश्व
      मनाेरञ्जन
      साहित्य
      खेलकुद
      शिक्षा/स्वास्थ्य
      जनशक्ति
      जीवनशैली
      विकास
      पत्रपत्रिकाबाट
  • बैंक/वित्त
    • बिमा
      सहकारी
      विविध
  • सेयर
  • उद्योग / वाणिज्य
    • पर्यटन
      कृषि
      सेवा
      सूचना प्रविधि
  • भन्सार/राजश्व
    बजार
    एनआरएनए
    नयाँसडक विशेष
  • विचार
    • अन्तर्वार्ता
      सम्पादकीय
  • प्रदेश
    • कोशी प्रदेश
      मधेश प्रदेश
      बागमती प्रदेश
      गण्डकी प्रदेश
      लुम्बिनी प्रदेश
      कर्णाली प्रदेश
      सुदुरपश्चिम प्रदेश
  • नयाँसडक TV
    EN
    • Jun 19 2025 | २०८२, असार ५गते

    वीरगञ्जमा निर्मित होल्डिङ सेन्टर प्रयोगविहीन, सरुवा रोग व्यवस्थापन केन्द्रको रुपमा प्रयोग गर्न सुझाव

    वीरगञ्जमा निर्मित होल्डिङ सेन्टर प्रयोगविहीन, सरुवा रोग व्यवस्थापन केन्द्रको रुपमा प्रयोग गर्न सुझाव

    • नयाँ सडक
    • शुक्रबार, माघ २६ २०८०
  • 1.3k
    Shares
  • 1.3k
    Shares
  • वीरगञ्जमा निर्मित होल्डिङ सेन्टर प्रयोगविहीन, सरुवा रोग व्यवस्थापन केन्द्रको रुपमा प्रयोग गर्न  सुझाव
    वीरगञ्ज (पर्सा) । कोरोना सङ्क्रमणको समयमा करिब दुई अघि पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा निर्माण गरिएका होल्डिङ सेन्टर यतिबेला प्रयोगविहीन अवस्थामा छन् । विसं २०७८ मा कोरोना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले करिब रु २८ करोडको लागतमा यहाँ कूल ६० कोठे होल्डिङ सेन्टर निर्माण गरिएका हुन् ।
     
    हालसम्म ती भवनको स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोग गर्न सकिएको छैन । नेपाली सेनाले १३ भान्सा घर, २२ शौचालय, सामान्य लक्षण भएकाका लागि नौ सय श्यया र जटिल अवस्थाका बिरामीका लागि एक सय श्यया तथा तीन वातानुकलित कक्षसहित निर्माण गरेको उक्त होल्डिङ सेन्टर सुरक्षार्थ सेनाको टोली खटिएको छ ।
     
    “होल्डिङ सेन्टरको स्वामित्व कसले लिने भन्ने निश्चित छैन”, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भन्नुभयो, “स्वामित्व निश्चित नहुँदा बिजुली र खानेपानी जडान गर्न सकिएको छैन ।”होल्डिङ सेन्टरको स्वामित्व सङ्घीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार कसको हुने अझै निश्चित नभएकाले समस्या भएको उहाँले बताउनुभयो ।
     
    महानगरपालिकालाई स्वामित्वका लागि पत्राचार गरे पनि बजेट अभावका कारण स्वामित्व लिन नसकिने जवाफ पाएको प्रजिअ भुसालको भनाइ छ । “मधेस प्रदेश सरकार र स्वास्थ्य विभागलाई समेत पत्राचार ग¥यौँ, तर जवाफ आएको छैन”, उहाँले भन्नुभयो ।
     
    होल्डिङ सेन्टर सञ्चालनका लागि जिल्लाका सबै संयन्त्र तयार रहेको प्रजिअ भुसालले जानकारी दिनुभयो । विद्युत् प्राधिकरण र खानेपानी कार्यालयले होल्डिङ सेन्टरमा बिजुली र खानेपानी जडान गर्न स्वामित्व अनिश्चित भएकै कारण आनाकानी गरेको उहाँले बताउनुभयो ।
     
    पछिल्लो समय भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएकाले होल्डिङ सेन्टरको प्रयोग गर्नुपर्ने अवस्था आएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिलकुमार यादवले बताउनुभयो । “होल्डिङ सेन्टर सञ्चालन नहँुदा समस्या भएको छ”, उहाँले भन्नुभयो ।
     
    भारतीय सीमा क्षेत्रमा वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा खटिएकी ल्याब टेक्निसियन निशा साहले भारतबाट आवतजावत गर्ने करिब दुुई सयदेखि तीन सय जनाको दैनिकरुपमा कोरोना सङ्क्रमण भएनभएको जाँच गरिरहेको बताउनुभयो ।
     
    कोरोना सङ्क्रमण पोजेटिभ देखिएकालाई होम क्वारेन्टिनमा बस्न सुझाव दिने गरेको उहाँको भनाइ छ । डेढ महिनामा १० सङ्क्रमित थपिए कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग जोडिएको पर्साको वीरगञ्जस्थित सिमानाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र केही दिनअघि मात्र वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता र निगरानी बढाइएको हो ।
    सीमानाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरी भारतबाट आउने नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । उनीहरुको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गरेर मात्र घर पठाउने गरिएको छ । भारतबाट आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन विधिबाट परीक्षण गर्ने गरिएको महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिनुभयो ।
     
    गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म सात हजार पाँच सय जनाको स्क्रिनिङ गरिएको छ । तीमध्ये हालसम्म १० जनामा कोरोना पोजेटिभ देखिएको संयोजक यादवले बताउनुभयो । कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको छ ।
     
    हेल्थ डेस्कमा आठ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । होल्डिङ सेन्टरलाई सरुवा रोग व्यवस्थापन केन्द्र बनाउन सुझाव अलपत्र रहेको होल्डिङ सेन्टरलाई सरुवा रोग व्यवस्थापन केन्द्रको रुपमा विकास गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्् । वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिलकुमार यादव नेपालमा समय समयमा सरुवा रोगको प्रभाव बढ्ने भएकाले त्यसको व्यवस्थापन गर्न पूर्वाधार आवश्यक भएको बताउनुहुन्छ ।
     
    होल्डिङ सेन्टरलाई सरुवा रोग व्यवस्थापन केन्द्रको रुपमा प्रयोग गर्न सकिने उहाँको सुझाव छ । काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालजस्तै सङ्घीय सरकारले यहाँको होल्डिङ सेन्टरलाई पनि आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गरी सरुवा रोग व्यवस्थापन केन्द्र बनाउन जरुरी छ । छिमेकी देश भारतसँग टाँसिएको सिमानाकामा विभिन्न सरुवा रोगको जोखिम रहेकोले होल्डिङ सेन्टरलाई त्यसका लागि सदुपयोग गर्ने गरी नीति बनाउनुपर्ने संयोजक यादव बताउनुहुन्छ । (रासस)

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    • १

      सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर
    • २

      नयाँसडक बुलेटिन : यस्ता छन्  असार ४ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू .....
    • ३

      बैंकिङ क्षेत्र सुधारका लागि सुझाव संकलन सुरु, राष्ट्र बैंकको कार्यदलद्वारा सरोकारवालालाई आग्रह
    • ४

      एनआइसी एसिया र सिटिजन्स क्यापिटललाई खुलामुखी म्युचुअल फन्ड योजना बिक्री अनुमति
    • ५

      दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आइएइए
    सम्पर्क

    अनुसन्धानात्मक प्रकाशन समूह प्रा. लि.
    काठमाण्डौ नेपाल
    फोन नम्बर: ०१-४२३९५५०
    इमेल : [email protected]
    [email protected]
    सुचना विभाग दर्ता नम्बर: ४९९ / ०७४-७५

    हाम्रो टिम

    सम्पादक : ज्ञान प्रसाद पौडेल
    प्रबन्ध निर्देशक: रत्नमणि दाहाल
    अमेरिका: पूर्ण सिंह बराईली

    समाचारदाता: एस.एम. पौडेल
    के.पि. पौडेल
    देव गौतम

    महत्वपूर्ण लिंकहरु
    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा
    • सम्पर्क
    • युनिकोड
    सोसल मिडिया

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij

    सर्च खोज्नुहोस्

    Logo
    • गृहपृष्ठ
    • समाचार
      • अर्थ-राजनीति
      • विश्व
      • मनाेरञ्जन
      • साहित्य
      • खेलकुद
      • शिक्षा/स्वास्थ्य
      • जनशक्ति
      • जीवनशैली
      • विकास
      • पत्रपत्रिकाबाट
    • बैंक/वित्त
      • बिमा
      • सहकारी
      • विविध
    • सेयर
    • उद्योग / वाणिज्य
      • पर्यटन
      • कृषि
      • सेवा
      • सूचना प्रविधि
    • भन्सार/राजश्व
    • बजार
    • एनआरएनए
    • नयाँसडक विशेष
    • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    English
    नयाँसडक TV