Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

बैंकिङ क्षेत्र सुधारका लागि सुझाव संकलन सुरु, राष्ट्र बैंकको कार्यदलद्वारा सरोकारवालालाई आग्रह

बैंकिङ क्षेत्र सुधारका लागि सुझाव संकलन सुरु, राष्ट्र बैंकको कार्यदलद्वारा सरोकारवालालाई आग्रह

  •  

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सरोकारवाला संस्था तथा व्यक्तिहरूलाई आफ्नो अनुभव र विज्ञताका आधारमा सुझाव पेश गर्न आह्वान गरेको छ। कार्यदलले २०८२ असार ११ गतेसम्म इमेलमार्फत सुझाव पठाउन अनुरोध गर्दै बैंकिङ नीतिमा सुधार, जोखिममा आधारित सुपरिवेक्षण प्रणाली, तथा ग्राहकमैत्री सेवाको विकासलाई प्राथमिकतामा राखेको छ।

    कार्यदलले ग्रामीण क्षेत्रमा कर्जा प्रवाह प्रभावकारी बनाउने उपाय, बैंक तथा वित्तीय संस्थाको गाभ्ने वा प्राप्ति प्रक्रियापछिका समस्या र समाधान, साथै आर्थिक गतिविधिलाई पूर्ण रूपमा चलायमान बनाउन बैंकिङ क्षेत्रले निभाउने भूमिकाका विषयमा समेत अध्ययन गर्नेछ।

    त्यस्तै, नेपाललाई फाइनान्सियल एक्शन टास्क फोर्स को ग्रे लिस्टबाट हटाउन बैंकिङ प्रणालीले निर्वाह गर्नुपर्ने भूमिका र पुँजी बजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका पनि अध्ययनको दायरा भित्र पर्छ।

    बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि राष्ट्र बैंकले डा। रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा भुवनकुमार दहाल सदस्यका रूपमा र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिवका रूपमा रहेका छन्। कार्यदललाई अध्ययन तथा सुझाव संकलनको लागि एक महिनाको समय दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij