Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार  प्रवर्द्धन व्यवस्थित  बनाउनु पर्ने आवश्यकता रहेको प्रधानमन्त्रीको कथन


नया सडक

२०८०, माघ २७ शनिबार

  • 996
    Shares

  • कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार  प्रवर्द्धन व्यवस्थित  बनाउनु पर्ने आवश्यकता रहेको प्रधानमन्त्रीको कथन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार  प्रवर्द्धन व्यवस्थित  बनाउन  सरकार लागि परेको बताएका छन् ।

    नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज उद्घाटन सत्रमा  प्रधानमन्त्रीले व्यापार प्रवर्द्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताएका हुन् ।

    आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको बताउँदै ‘प्रचण्ड’ ले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए ।

    प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, त्यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका र चिनियाँ सहयोगका बारेमा पर्याप्त छलफल भएको खुलाए । 

    प्रधानमन्त्री प्रचण्डले भने,“चीन भ्रमणका क्रममा मैले नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ ।  यस ऐतिहासिक भ्रमणका क्रममा नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल भएको थियो ।यो छलफल सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्छ ।”

    विसं २०५५ मा तातोपानी व्यापार सहयोग सङ्घका नामबाट एउटा सानो कोठामा स्थापना भएको संस्था हाल नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका रुपमा परिणत भएको छ ।  चीनसँग व्यापार गर्ने साथीहरुको छाता सङ्गठनका रुपमा विकसित र विस्तारित भएको हो ।

    हाल एक हजार दुईजना सक्रिय सदस्य आबद्ध रहेको यस संस्थामा चीनबाट आयात गर्ने र चीनमा निकासी गर्ने धेरै व्यापारी व्यवसायी क्रियाशील रहेका छन् । संस्थाका सम्पर्क युनिट उत्तरी भन्सार नाका तातोपानी र रसुवामा रही सीमापार व्यापार व्यवस्थापनमा खेलेको भूमिका महत्वपूर्ण रहेको प्रधानमन्त्रीको कथन  छ ।

    यस संस्थाले चीनसँगको व्यापार उत्तरी नाकाबाट गराउन उत्तरी क्षेत्रमा आएका प्राकृतिक प्रकोप, बाढी पहिरो तथा कोरोना महामारीका समयमा विभिन्न सहयोगात्मक कार्यहरु गरी आयात–निर्यात अविछिन्न रुपमा गर्न सहयोग गरिरहेको प्रचण्डले उनले बताए 

    प्रतिक्रिया दिनुहोस