काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको आम्दानी घटेको देखिएको छ । गत वर्षको तुलनामा कम्पनीको आम्दानी ४८.३५ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो।
पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस)५१ पैसा ऋणात्मक छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५९ लाख रुपैयाँ नोक्सानी देखिएको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४८.१८ प्रतिशत घटेर ३ करोड ३८ लाख रुपैयाँमा झरेको छ भने कुल खर्च १५.०५ प्रतिशत बढेर ३ करोड ९९ लाख २८ हजार रुपैयाँमा पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ४ पैसा छ।