Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

बीमा कम्पनीहरूले नेपाल वित्तीय प्रतिवेदन मान तोकिएकै समयमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइयो 


नया सडक

२०८०, माघ २८ आइतबार

  • 504
    Shares

  • बीमा कम्पनीहरूले नेपाल वित्तीय प्रतिवेदन मान तोकिएकै समयमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइयो 

    काठमाडौं । बीमा कम्पनीहरुले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) तोकिएको समयमै कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याइएको छ ।नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासँगको समन्वयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यस्तो आग्रह गरेका हुन् ।

    images

     बीमा कम्पनीहरूले यसअघि नै एनएफआरएस सिस्टम लागू गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै  अध्यक्ष सिलवालले समस्या पहिचान गरी आआफ्नो भूमिका वर्गीकरण गरी अघि बढेमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न सकिने  विश्वास व्यक्त गरे । अध्यक्ष सिलवालले नेपाली बीमा बजारको विश्वसनीयता बढाउनका लागि पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अगाडि बढ्नुपर्ने र यसका लागि नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन तोकिएको समयमै गर्नुपर्ने बताए ।

    सोही कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजन कुमार काफ्लेले नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनका लागि बीमा क्षेत्रमा स्रोत विकास र प्राविधिक क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  लेखापरीक्षणमान बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले बीमा क्षेत्रबाट गुणस्तरीय सेवा प्रवाह र गुणस्तरीय प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षण सम्बन्धी क्षमता अभिवृद्धिको आवश्यक रहेको बताए ।

    लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले तोकिएको समयमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न सँगै मिलेर अघि बढ्न र त्यसक्रममा आइपर्ने बाधा व्यवधानको समाधानका लागि प्राविधिक सहयोग गर्न बोर्ड तयार रहेको विश्वास दिलाए ।सोही कार्यक्रममा नेपाल बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्री र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषकराज पौडेलले बीमा क्षेत्र नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न तयार रहेको  विश्वास दिलाए । 


    कार्यक्रममा नेपाल बीमा प्राधिकरणका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट विरोध वाग्ले,, आइक्यानका तर्फबाट वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरूण राउत,  नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल,  प्राधिकरणका निर्देशक दिनेश कुमार लाललगायतले अन्तक्र्रियामा धारणा राखेका थिए । 

    प्रतिक्रिया दिनुहोस