Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

काठमाडौँ जिल्ला अदालतको आदेशमा नकली मदिरा बनाउने मामा भान्जा जेल चलान


नया सडक

२०८०, माघ २८ आइतबार

  • 939
    Shares

  • काठमाडौँ  जिल्ला अदालतको आदेशमा   नकली मदिरा बनाउने मामा भान्जा जेल चलान

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले काठमाडौँमा कारखाना खोलेर नक्कली मदिराको कारोबार गर्ने दुई जनालाई थुनामा पठाउन आदेश गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश गरिएको हो । 

    काठमाडौँको थलीमा सञ्चालित नक्कली मदिरा कारखानामा छापा मारेर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई २ माघमा पक्राउ गरेको थियो । कालोबजारी विरुद्धको कसुरमा जेल चलान भएका विनोद मनोज खत्री र विनोद कुमार कार्की मामा–भान्जा हुन् ।

    कारखाना सञ्चालक मध्येका सिन्धुली घर भएका २८ वर्षीय गौरव तामाङ ४० हजार धरौटीमा रिहा भएका छन् । पक्राउ गरेर अदालतमा उपस्थित गराइएका एक जना नाबालकलाई ‘जिम्मा जमानी’मा रिहा भएका छन् ।

    काठमाडौँ जिल्ला अदालतले अभियुक्त सुमन नगरकोटीसँग १ लाख, लेख विक्रम थापासँग ४० हजार, मनिष खत्रीसँग १५ हजार, महेश खत्री १५ हजार र मोहन खड्कासँग १५ हजार धरौटी माग गरेको छ ।

    आरोपीहरूले नेपाली र विदेशी ब्रान्डको नक्कली मदिरा तयार गरेर बेचेका हुन् । उनीहरूको कारखानाबाट प्रहरीले नेपाली ब्रान्डको मदिरा खुकुरी रम, गोल्डेन ओक, फाइटर र सिग्नेचर बरामद गरेको छ । नेपाली ब्रान्डको ‘सगुन’ नामको मदिरामा एक बोतल ब्ल्याक लेबल र चिनीको घोल मिसाएर उनीहरूले ३ बोतल ब्ल्याक लेबल तयार पार्ने गरेको जनाइएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस