Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

ट्राफिक प्रहरीद्वारा ६ महिनामा साढे दश लाख बढी सवारी साधनलाई कारबाही गरी करिब ८० करोड राजस्व असुल

ट्राफिक प्रहरीद्वारा ६ महिनामा साढे दश लाख बढी सवारी साधनलाई कारबाही गरी करिब ८० करोड राजस्व असुल

  • काठमाडौं ।  ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशभर साढे दश लाख बढी सवारी साधनलाई कारबाही गरी करिब ८० करोड राजस्व संकलन गरेको छ ।पहिलो ६ महिनामा  १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरी ७९ करोड ७१ लख ४४ हजार ८ सय ५२ रुपैयाँ राजस्व संकलन गरिएको हो ।साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व गरिएको  प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी सार्वजनिक गरेको छ ।

    राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९४३ रुपैयाँ, मधेशबाट १० करोड पाँच लाख ५८ हजार ९०१ रुपैयाँ, बागमतीबाट सात करोड ८८ लाख ४० हजार रुपैयाँ, गण्डकीबाट आठ करोड १८ लाख ७६ हजार छ रुपैयाँ, लुम्बिनीबाट नौ करोड ३८ लाख ६४ हजार दुई रुपैयाँ, कर्णालीबाट एक करोड ५६ लाख ४५ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार रुपैयाँ संकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी सार्वजनिक गरेका हुन् । 

    ट्रकरट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार चार सय रुपैयाँ, बसरमिनिबसबाट नौ करोड २० लाख पाँच रुपैयाँ, काररजिपरभ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६ रुपैयाँ, ट्याक्टरबाट दुई करोड ८८ लाख १६ हजार रुपैयाँ, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ रुपैयाँ र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख २१ हजार छ सय रुपैयाँ राजश्व सङकलन भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij