Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

विस्थापनमा परेका फुटपाथ व्यवसायीहरू काठमाडौं महानगरपालिका विरुद्ध आन्दोलित


नया सडक

२०८०, माघ २८ आइतबार

  • 906
    Shares

  • विस्थापनमा परेका फुटपाथ व्यवसायीहरू काठमाडौं महानगरपालिका विरुद्ध आन्दोलित

    काठमाडौंं । फुटपाथ व्यवसायीको उचित व्यवस्थापनलगायतका माग राखी २०७९ को वैशाखमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेर मेयर बनेका बालेनको कार्यकालमा सडकपेटीका व्यवसायीको विस्थापन भएको छ । सञ्चार माध्यममा अन्तर्वार्ता दिने क्रममा  निश्चित स्थान तोकेर, समय तोकेर व्यवस्थापन गर्न सकिने बताएका बालेनले विस्थापन गरेकोमा सडकपेटीका व्यवसायीहरूले आक्रोश पोखी प्रदर्शनमा उत्रेका हुन् ।

    काठमाडौं महानगरपालिकाले गरेको व्यवहारबाट फुटपाथ व्यवसायीको समस्या समाधान हुन नसक्ने देखिएको छ । समस्या समाधान गर्न  गठित समितिमा काठमाडौं महानगरका तर्फबाट एक वडाध्यक्ष, एक नगर प्रहरी अधिकारी र कानुन विभागबाट तीन, ट्राफिक प्रहरी कार्यालयका एक प्रतिनिधि, सडक विभागका एक प्रतिनिधि, सहरी विकास मन्त्रालयका एक प्रतिनिधि र ईःका तर्फबाट कानुन व्यवसायी सुदन मुल्मी र फुटपाथ व्यवसायी कुमार सापकोटा थिए ।

     अध्ययन समितिले फुटपाथ व्यवसायीलाई उपयुक्त स्थानको विकल्प दिन नसकुन्जेल महानगरले सामान जफत नगर्ने, नगर प्रहरीको हिंसात्मक शैली अन्त्य गर्ने विषयमा महानगर प्रहरीले मौखिक सहमति गरेको थियो ।दुईपल्ट समिति बैठक बसेको भए पनि महानगपालिकाले समस्या समाधान गर्नुभन्दा फुटपाथ व्यवसायीलाई ‘स्पेस’ नदिनेमा बढी जोड दिएको सापकोटाको भनाइ छ ।  

    फुटपाथ व्यवसायीहरू दैनिक जसो प्रदर्शन गर्ने गरेका छन् । उनीहरूले १२ माघमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । सोही अनुसार आन्दोलन गरिहरहेका हुन् । तर, काठमाडौं महानगपालिका भने आन्दोलनलाई बेवास्ता गर्दै आएको छ ।संघर्ष समितिले १५ देखि २८ माघसम्म चरणबद्ध आन्दोलन गरिरहेको छ । समितिले १६ माघमा प्रर्दशनसहित महानगरपालिका कार्यालयमा धर्ना बसेर घेराउ गरेको थियो ।

    यस्तै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र समाजवादी पार्टी कार्यालयमा ज्ञापनपत्र पनि बुझाएको छ । संघर्ष समितिले २८ माघमा थाल, चम्चा ठटाउँदै जुलुस प्रदर्शनसहित महानगरपालिका घेराउ गरेको छ ।महानगर विरुद्ध आन्दोलन गरिरहेका फुटपाथ व्यवसायीले करको दायरामा जान तयार रहेको बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस