Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

राष्ट्रिय बिमा कम्पनीको नाफा १४.१८ प्रतिशतले बढ्यो


नया सडक

२०८०, माघ २९ सोमबार

  • 489
    Shares

  • राष्ट्रिय बिमा कम्पनीको नाफा १४.१८ प्रतिशतले बढ्यो

    काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १४.१८ प्रतिशतले धेरै हो ।कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ३५.७० प्रतिशतले बढेको छ । यसको लगानी तथा कर्जाबाट हुने आम्दानी ३९ करोड ६८ लाख रुपैयाँबाट बढेर ५३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल दावी भुक्तानी ११ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

    images

    गत वर्ष कुल दावी भुक्तानी ६ करोड २१ लाख रुपैयाँ थियो । हाल यसको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले १३ करोड ४१ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा २२.३३ प्रतिशतले थोरै हो ।

    प्रतिक्रिया दिनुहोस