Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कुनै कसुर नेदेखिएको र स्रोत नखुलेका सम्पत्तिबारे अन्तर्राष्ट्रिय क्षेत्र नै अन्यौलमा रहेको मन्त्री गुरुङको भनाइ


नया सडक

२०८०, माघ २९ सोमबार

  • 801
    Shares

  • कुनै कसुर नेदेखिएको र स्रोत नखुलेका सम्पत्तिबारे अन्तर्राष्ट्रिय क्षेत्र नै अन्यौलमा रहेको मन्त्री गुरुङको भनाइ

    काठमाडौँ ।कुनै कसुर नेदेखिएको र स्रोत नखुलेका सम्पत्ति वैधता दिन सरकारमाथि बाह्य दबाब आउने गरेको छ ।
     कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुनै कसुर नदेखिएका सम्पत्ति वैधता दिन सरकारमाथि बाह्य दबाब आउने गरेको बताएका हुन् ।
    सोमबार राष्ट्रिय सभा बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताए ।
    कुनै कसुर देखिएका सम्पत्तिलाई वैधता दिने गरी कानुन निर्माण गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट सरकारमाथि निरन्तर दबाब आउने गरेको बताए ।
    मन्त्री गुरुङले स्रोत नखुलेको कुनैपनि सम्पत्ति कुनै कसुर नदेखिए ८० प्रतिशत कर दाखिला गरी बाँकी सम्पत्ति सोही व्यक्तिको हुनेगरी सो विधेयक ल्याइएको प्रष्ट पारे ।
    भारतलगायतका मुलुकले पनि सो व्यवस्था गरेकाले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सरकारले सो कानूनी व्यवस्था गर्न लागेको उनले जनाए ।
    मन्त्री गुरुङका अनुसार अन्तर्राष्ट्रिय मान्यता अनुसार नै कुनैपनि व्यक्तिको सम्पत्तिको स्रोत खुल्न पनि सकेन, कसुर पनि देखिएन । अर्थात् अपराध गरेको पनि देखिएन भने अहिले त्यसलाई के गर्ने भन्ने सन्दर्भमा अन्यौल नै छ । सरकारले अवैध सम्पत्ति वैध बनाउने कुरामा कुनैपनि बदनियत नराखेको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस