Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

पूर्व पश्चिमबाट हिँडेका मिटरब्याजी पीडितहरू चितवनमा भेला भइ राजधानी आउँदै 

पूर्व पश्चिमबाट हिँडेका मिटरब्याजी पीडितहरू चितवनमा भेला भइ राजधानी आउँदै 

  • काठमाडौं । मेची पुलबाट हिँडेको मिटरब्याजी पीडितहरूको पैदल यात्रा राजधानी पुग्ने क्रममा हेटौडाबाट अगाडि बढेको छ । नेपालको पूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुलबाट मसाल जलाएर हिँडेका मिटरब्याजी पीडितहरू हेटौडाबाट अगाडि बढेका हुन् ।
    न्याय मार्च नाम दिएर माघ  १६ गते यात्रा सुरु गरेका   मिटरब्याजपीडितहरू राजधानीका लागि हिँडेका थिए । उनीहरू यात्राको १४औँ दिन सोमबार  हेटौँडा आइपुगेका थिए ।सोही दिन सुदुर पश्चिमको कञ्चनपुरस्थित गड्डाचौकीबाट पनि ‘न्याय मार्च’ सुरु भएको थियो ।  पूर्व र पश्चिम सीमा क्षेत्रबाट हिँडेका मिटरब्याजीहरू चितवनमा भेला हुने भएका छन् ।

    चितवनमा भेला भएर काठमाडौँका लागि एकत्रित यात्रा सुरु हुने कार्यक्रम छ ।मेची पुलमा भेला भएर हिँडेको ७० जनाको टोलीमा  झापा, सुनरी, मोरङ, सप्तरी, धनुषा, सर्लाही, रौतहट बारालगायतका जिल्लाबाट समेत मिटरब्याजपीडितहरू सहभागी हुँदै आएका छन् ।

    सोमबार राति हेटौँडा १० स्थित गोरक्षेश्वर पशुपति मन्दिर परिसरमा रहेको धर्मशालामा उनीहरू बास बसेका थिए । मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्दै जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, मिटरब्याज अपराधसम्बन्धी शक्तिशालि कानुन निर्माण गरी पूर्णाधिकारसहितको अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग राखेका छन् ।

    मिटरब्याजी साहुकारले पीडितमाथि हाल्ने मुद्दा र सम्पूर्ण अदालती प्रक्रिया स्थगित गर्ने, फैसला भइसकेका मुद्दा आयोगमा खिचाइ पुनरावलोकन गरी फर्जी लिखतका आधारमा सजाय काटिरहेका पीडितहरूलाई रिहाइ गर्नुपर्ने, जरिवाना मिनाहा र बिगो खारेज गर्नुपर्ने, पीडितहरूको गुमेको घरबार फिर्ता गर्नुपर्नेलगायतका माग उनीहरूको  छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij