Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार २६ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् असार २६ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २६ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    हिम स्टारको आईपीओमा बिहीवारसम्म माग भन्दा १९ गुणा बढी  आवेदन

    काठमाडौँ । हिम स्टार कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा माग भन्दा बढी आवेदन परेको छ ।सीडीएससीको तथ्यांक अनुसार बिहीबार ११ लाख २९ हजार ७ सय ५६ जना आवेदकबाट एक अर्ब ३४ करोड रुपैयाँको एक करोड ३४ लाख ३ सय९० कित्ताका लागि आवेदन परेको हो । यो माग भन्दा १९.०२ गुणा बढी हो ।माग भन्दा धेरै आवेदन परे गोलाप्रथाबाट बाँडफाँट हुन्छ । कम्पनीले गत असार २४ गतेदेखि सर्वसाधारणका लागि शेयर जारी गरेको हो । कम्पनीले ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । निष्काशन बन्द छिटोमा असार २७ गते हुनेछ  ।

     

    कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ९३ हजार २सय५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

    धितोपत्र बोर्डका अध्यक्षद्वारा दोस्रो स्टक एक्सचेञ्जलाई इजजात दिनपर्ने वकालत

    काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दोस्रो स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनुपर्ने  वकालत गरेका छन् ।अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिन उपयुक्त हुन्छ भन्ने आफ्नो बुझाइ रहेको बताएका हुन् । उनले आफुले देखेको स्थिति पनि त्यही भएको बताए ।

     


    उनले भने ‘म अध्यक्ष बन्दासम्म धेरै प्रकृया अघि बढेको थियो । बिचमा रोकिएको थियो।’  उनले  नेपाल सरकारले मलाई जे निर्देशन दिएको छ त्यो अनुसार अघि बढेको बताए  ।

    तेह्रथुम पावरको १००% हकप्रद सेयर बिक्री खुला, आवेदन साउन ४ गतेसम्म

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। लगानीकर्ताले साउन ४ गतेसम्म यसमा आवेदन दिन सक्नेछन्।

     

    कम्पनीले १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ, जसको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तय गरिएको छ। यसअनुसार, कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्दैछ।

    यस हकप्रद सेयरका लागि कम्पनीले बुक क्लोज मिति जेठ ५ गते निर्धारण गरेको थियो। जेठ ४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र हकप्रद सेयरको लागि आवेदन दिन सक्नेछन्।

    खानीखोला हाइड्रोपावरको १००% हकप्रद सेयरमा मूल्य समायोजन, नयाँ मूल्य २६४.५६ रुपैयाँ

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरको कारण मूल्य समायोजन गरिएको छ।

     

    बिहीबारको अन्तिम कारोबार मूल्य ४२९।११ रुपैयाँलाई आधार मानेर गरिएको समायोजनपछि कम्पनीको सेयर मूल्य घटेर २६४.५६ रुपैयाँ कायम भएको छ। अब यही मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुला हुनेछ।

    नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब रुपैयाँ पुग्यो: सकारात्मक सूचकहरूसहित आर्थिक प्रगति

    काठमाडौँ ।नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यो गत आर्थिक वर्षको तुलनामा ४ खर्ब रुपैयाँले वृद्धि भएको हो। अघिल्लो वर्ष नेपालको कुल गार्हस्थ उत्पादन (GDP) ५७ खर्ब रुपैयाँको हाराहारीमा थियो।

     

    राजस्व संकलनमा पनि उल्लेखनीय वृद्धि भएको देखिन्छ। एक वर्षको अवधिमा राजस्व संकलन १ खर्ब ८ अर्ब रुपैयाँले बढेको छ। त्यस्तै, पुँजीगत खर्च पनि गत वर्षको तुलनामा ३६ अर्ब रुपैयाँले वृद्धि भएको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको ५.६ प्रतिशत वृद्धिको तुलनामा सकारात्मक सुधार हो।

    शेयर बजार : नेप्से परिसूचकमा २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा ,९ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा आएको छ । यस दिन ९ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस दिन ३१२ कम्पनीको २ करोड ६४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५७ करोड ५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा परेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र सानिमा बैंक लिमिटेड रहेका छन् ।

    ल्हेन्दे खोलामा हिमताल विस्फोटबाट बाढी, सुप्राग्लेशियल ताल फुटेको प्रारम्भिक निष्कर्ष

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । 

     

     

    विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएकोे छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।

    नेपालको डिजिटल पूर्वाधारमा ठूलो लगानी: वर्ल्डलिंकमा आईएफसी र स्ट्यान्डर्ड चार्टर्डको २९ मिलियन डलर लगानी

    काठमाडौं । नेपालको डिजिटल पूर्वाधार विस्तार गर्ने उद्देश्यसहित इन्टरनेशनल फाइनान्स कर्पोरेशन (IFC) ले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडसँगको सहकार्यमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा २९ मिलियन अमेरिकी डलर (करीब ३ अर्ब ९८ करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ। यो लगानीले देशभर फाइबर नेटवर्क विस्तार गर्नुका साथै अत्याधुनिक डेटा सेन्टरहरूको स्थापना गर्ने लक्ष्य लिएको छ।

    तीन संस्थाको संयुक्त विज्ञप्तिमा उल्लेख भएअनुसार, यो लगानीले उच्चगतिको इन्टरनेट पहुँच विस्तार गर्दै दुर्गम क्षेत्रहरूलाई डिजिटल नेटवर्कमा जोड्नेछ।

    लेहेन्दे खोलाको बाढीले १० भन्दा बढी जलविद्युत आयोजना प्रभावित, २५० मेगावाट उत्पादन बन्द

    काठमाडौँ । चीनको तिब्बत हुँदै नेपाल प्रवेश गरेको लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अनुसार, बाढीका कारण करिब २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्यसमेत रोकिएको छ। यसले देशको ऊर्जा उत्पादन र आपूर्तिमा ठूलो असर पुर्याएको छ।

    बाढीबाट प्रभावित प्रमुख जलविद्युत आयोजना रसुवागढी (१११ मेगावाट), त्रिशूली ३ए (६० मेगावाट), त्रिशूली जलविद्युत केन्द्र (२५ मेगावाट), चिलिमे (२२ मेगावाट), माथिल्लो मैलुङ र देवीघाट (१४–१४ मेगावाट) तथा मैलुङ खोला ९५ मेगावाट० रहेका छन्। तीमध्ये अधिकांश आयोजना निजी क्षेत्रको सहभागितामा निर्माण भएका हुन्। देवीघाट, त्रिशूली र त्रिशूली ३ए बाहेकका सबै आयोजना निजी लगानीबाट सञ्चालित छन्। यी आयोजनाको उत्पादन प्रवाह हुने त्रिशूली ३बी हब सवस्टेशनमा क्षति पुगेकाले विद्युत प्रसारण अवरुद्ध भएको हो।

    कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छः महामन्त्री शर्मा

    पाटन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । 

     

     

    नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी प्रशिक्षणका क्रममा महामन्त्री शर्माले संसारको साझा र ज्वलन्त मुद्दा जलवायु परिवर्तन भएकाले उल्लेख गर्नुभयो । 

     

    “जलवायु परिवर्तनको असर बढेको छ, कहिले अत्यधिक वर्ष, कहिले खडेरी, बेमौसमी वर्षाको समस्या छ, गत वर्षको बेमौसमी वर्षाले अर्बौंको क्षति पु¥यायो, यही साता हिमताल फुटेर रसुवामा धेरै क्षति पु¥यायो, कार्बन उत्सर्जन अत्यधिक धेरै हुँदा जलवायु परिवर्तनको असर बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “तसर्थ जलवायु परिवर्तनको असर घटाउन प्लास्टिकको प्रयोग घटाउनेदेखि हटाउनेसम्म, मानवीय क्रियाकलापमा सुधार ल्याउनेसम्म ध्यान दिनुपर्नेछ ।”

     

    एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

    ललितपुर ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गर्नुभएको छ ।

     

    राखेपद्वारा सादोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिनुुभयो । 

    नेपाल क्रिकेट सङ्घ ९क्यान०ले आयोजना गर्न लागेको दोस्रो संस्करणको एनपिएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताउनुुभयो ।

    धितोपत्र बोर्डका अध्यक्षद्वारा दोस्रो स्टक एक्सचेञ्जलाई इजजात दिनपर्ने वकालत

    काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दोस्रो स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनुपर्ने  वकालत गरेका छन् ।अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिन उपयुक्त हुन्छ भन्ने आफ्नो बुझाइ रहेको बताएका हुन् । उनले आफुले देखेको स्थिति पनि त्यही भएको बताए ।

     


    उनले भने ‘म अध्यक्ष बन्दासम्म धेरै प्रकृया अघि बढेको थियो । बिचमा रोकिएको थियो।’  उनले  नेपाल सरकारले मलाई जे निर्देशन दिएको छ त्यो अनुसार अघि बढेको बताए  । त्यही अनुसार काम गरेको बताउँदै  उनले आफ्नो दायित्व पनि त्यही भएको बताए । नयाँ स्टक एक्सचेञ्जको विषयमा धेरै पहिलादेखि अध्ययन भइरहेको समेत उनले जनाए ।

    महानायक राजेश हमालले गरे सी कारको उद्घाटन

    काठमाडौँ । महानायक राजेश हमालले सी–कारको उद्घाटन गरेका छन् ।नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सी–कार’ सञ्चालनमा आएको छ । सी–कारमा नयाँ तथा सेकेन्ड ह्यान्ड गाडीको शोरुम, एस्सेसरिज पसल, चार्जिङ स्टेशन र क्याफे लगायत विभिन्न सुविधा एकै स्थानमा उपलब्ध भएको सी–कारका संस्थापक रोशन घिमिरेले बताए । शुभारम्भ अवसरमा महानायक हमालले सवारी साधनसम्बन्धी एकै थालेमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने भएकाले लाभदायी भएको प्रतिक्रिया दिए ।

    ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

    जेनेभा ।जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण गर्‍यो, ह्युमनोइड (मानव सदृश) रोबोटले स्तरित र जटिल टुक्रालाई प्रेरित गरेको वर्णन गर्‍यो र मानिसहरूलाई ‘प्रतिस्थापन’ गर्ने कुनै योजना नभएको जोड दियो ।

     

    संसारको सबैभन्दा उन्नतमध्ये एक अल्ट्रा–रियालिस्टिक रोबोटलाई अभिव्यक्तिपूर्ण, जीवन्त अनुहार, ठूला हेजेल आँखा र बब कटमा काटिएको खैरो कपाल भएकी मानव महिला जस्तै देखिने गरी डिजाइन गरिएको छ ।

     

    यद्यपि हातहरू खुला धातुसहित स्पष्ट रूपमा रोबोटिक छन् र यसलाई अभ्यास गरिरहेको कलाको रूप अनुसार बदल्न सकिन्छ ।

    विलासिता करको विरोधमा सुनचाँदी व्यवसायीको र्‍याली तथा विरोध सभा

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन तथा तयारी सुनका गहना आयातमा २ प्रतिशत विलासिता कर लगाउने निर्णय गरेपछि व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुन चाँदी व्यवसायी महासंघले संयुक्त रूपमा बिहीबार र शुक्रबार काठमाडौंको माइतीघरमा र्‍याली तथा विरोध सभा गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।

    दुवै दिन दिउँसो १ बजे माइतीघर मण्डलाबाट सुरु हुने र्‍याली नयाँ बानेश्वरसम्म पुग्नेछ। व्यवसायी संघसंस्थाले कर खारेजको माग गर्दै आन्दोलन चर्काएका छन्। उनीहरूको भनाइमा सरकारले लगाएको यो करले सुनको कारोबार लगभग ठप्प हुने अवस्था ल्याएको छ, जसको प्रत्यक्ष असर व्यवसायी, मजदुर र उपभोक्तामा पर्नेछ।

    किराना पसल खोली अर्बौको अवैध क्रिप्टोकरेन्सी र हुण्डीको कारोबारमा दुई जना पक्राउ

    काठमाडौँ । किराना पसल खोली अर्बौको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् ।प्रहरीले ललितपुरको सानेपास्थित कालोपुलमा १५ वर्षदेखि पसल सञ्चालन गर्दै आएको ४३ वर्षीय भारतीय नागरिक रुपेश कुमार गुप्ता  र उनका सहयोग २२ वर्षीय विपिनकुमारलार्य पक्राउ गरेको हो ।

     

    ललितपुर महानगरपालिका वडा नम्बर–२ सानेपामा उनले सञ्चालन गरेको ‘राजतीर्थ ट्रेडर्स’मा भारतको बिहारस्थित पूर्वी चम्पारण घर भएका २२ वर्षीय विपिन कुमार उनका सहयोगी हुन् । किराना पसल सञ्चालक र सहयोगी दुवैजना अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नियन्त्रणमा  छन् ।

    खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकहरूलाई एन आई सी एशिया बैंकको अनुरोध

    काठमाडौँ । एनआईसी एसिया बैंकले खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकहरूलाई आग्रह गरेको छ ।  लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गर्दछ । बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नुहुनेछ । साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

    ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । 

     

    यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो । 

    विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।

     

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरु, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा खुसी साट्दै हार्दिक आभार व्यक्त गर्नुभयो ।

    रसुवागढी नाकामा आएको बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध:  चेम्बर

    काठमाडौँ ।  नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर गत मंगलबार आएको भिषण वर्षाले मानवीय र भौतिक रुपमा ठूलो क्षति बेहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । भारी वर्षासँगै  आएको बाढीले नेपाल–चीन मैत्री पुल पूर्ण रूपमा बगाएको र रसुवागढी नाकाबाट चीनसँग हुने व्यापारको मुख्य नाका बन्द हुँदा व्यवसायीहरु मर्कामा परेको चेम्बरले उल्लेख गरेको छ । मालसामान लिएर नेपाल तर्फ आउँदै गरेका संयौँ कन्टेनर  सवारी साधनहरु बाढीले बगाउँदा व्यापार तथा व्यवसायमा गम्भिर क्षति भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । 

     

    चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत मंगलबार आएको बाढीले मानवीय क्षतिसंगै भौतिक रुपमा पनि ठूलो क्षति गरेको छ । सो क्षेत्रमा हराईरहेकाहरुको खोजीका साथै भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएर महत्वपूर्ण व्यापारिक मार्ग तत्काल सुचारु गर्न सरकारसंग आग्रह गर्दछौं, ।’

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३८ पैसा कायम भएको छ ।

     

     

    युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ०८ पैसा र बिक्रीदर १६० रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६८  पैसा र बिक्रीदर १७२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

     

     

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०० रुपैया ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij