Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको निष्कर्ष


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 771
    Shares

  • ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको  निष्कर्ष

    काठमाडौँ ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को भ्रमण टोलीले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको जनाएको छ । टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्षहरू सार्वजनिक गरेको छ हो ।

    कोषका टिडाइन किण्डा नेतृत्वमा आएको भ्रमण टोलीले नेपालको विप्रेषण आय र पर्यटक बढ्दो भए पनि निर्यात वृद्धि नहुनु र मुद्रास्फिति बढ्नुले चुनौती देखिएको निचोड निकालेको छ । टोली प्रमुख किण्डाले सोमबार आयोजित पत्रकार सम्मेलनमा विदेशमा बसाइँसराइ रोकिनुपर्ने र राजस्व परिचालनका दायरा बढाउनुपर्नेमा जोड  दिए । 

    यसका साथै आसन्न लगानी सम्मेलनमा विद्यमान चुनौतीहरूका सम्भावनाहरूलाई पहिल्याएको उनको   भनाइ थियो । टोलीले अर्थमन्त्री डा प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत अधिकारीसँग छलफल गरेको थियो । छलफलमा कोषका एसिया प्रशान्त क्षेत्रका उपनिर्देशक गुल्डे वल्फलगायत सहभागी थिए । (रासस)

    प्रतिक्रिया दिनुहोस