Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

चोरी पैठारी गर्न खोजिएको करोडौंको मालवस्तु नियन्त्रणमा ,अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइयो 

चोरी पैठारी गर्न खोजिएको करोडौंको मालवस्तु नियन्त्रणमा ,अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइयो 

  • काठमाडौं । चोरी पैठारी गर्न खोजिएको करोडौंको मालवस्तु नियन्त्रणमा लिई अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिइएको करोड बढीको मालवस्तु पथलैया अनुसन्धान कार्यालयमा बुझाएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी टोलीरूले प्राप्त सूचनाका आधारमा चोरी पैठारी गरी लान खोजिएको ट्रकहरू नियन्त्रणमा लिएको थियो ।
    प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार माघ २८ गते राति र माघ २९ गते बिहान गरी दुईटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।

    विज्ञप्तिमा जनाए अनुसार  मिति २०८०।१०।२८ गते राति २२ः४० बजे बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट भैरहवातर्फ लान खोजिएको थियो । सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकस्थित सडकखण्डमा ना.५ ख  ८५६५ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्दा बिलबिजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पाइएको थियो । प्रहरीका अनुसार सो ट्रकमा  अन्दाजी सत्तरी लाख त्रिचालीस हजार सात सय पाँच रुपैयाँ बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि माघ २९ गते राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइयो ।truck.jpg

    यसैगरी माघ २९ गते बिहान ०५ः०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित प्रदेश–१–०१–००१ ख ३९१५ नम्बरको मालवाहक कन्टेनर ट्रकभित्र बिलबिजक भन्दा बढीको मालवस्तु रहेको पाइएको थियो ।truck 1.jpg

    विभिन्न किसिमका लत्ताकपडा तथा औषधीहरू लोड गरी वीरगञ्जबाट झापतर्फ लान खोजिएको सो ट्रकमा आन्दाजी उन्नसत्तरी लाख पन्ध्र हजार एक सय उन्नसत्तरी रूपैयाँ  बराबरका मालबस्तूहरू रहेको प्रहरीलेृ जनाएको छ । सो ट्रक पनि माघ २९ गते थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij