Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

इयु विदेश नीति प्रमुख बोरेलद्वारा अमेरिका र सहयोगीहरूलाई इजरायललाई हतियार आपूर्ति बन्द गर्न आह्वान

इयु विदेश नीति प्रमुख बोरेलद्वारा अमेरिका र सहयोगीहरूलाई इजरायललाई हतियार आपूर्ति बन्द गर्न आह्वान

  • जेरुसेलम । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई गाजामा ूथुप्रै मानिसहरूू मारिएकाले हतियार आपूर्ति बन्द गर्न आह्वान गर्नु भएको छ ।
     'अल जजीराले उल्लेख गरे अनुसार इजरायलको सैन्य कारबाही बारे अमेरिकी राष्ट्रपति जो बाइडेनको गत हप्ताको भनाइलाई उद्धृत गर्दै बोरेलले सोमबार भन्नुभयो( 'ठीक छ, यदि तपाईं धेरै मानिसहरू मारिएको विश्वास गर्नुहुन्छ भने, हुनसक्छ तपाईंले यसलाई रोक्नको लागि कम हतियार उपलब्ध गराउन सक्नुहुन्छ। किनकि यहाँ धेरै मानिस मारिए।'
    'के 'योे तार्किक छैनरुू उहाँले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकाय का प्रमुख फिलिप लाजारिनीसँग ब्रसेल्सको पत्रकार सम्मेलनमा प्रश्न गर्दे टिप्पणी गर्नु भएको छ । 
    अल जजीराका अनुसार  बोरेलले  भन्नुभयो( ूयदि अन्तरराष्ट्रिय समुदायले यो हत्या हो भन्ने विश्वास गर्छ भने, हामीले हतियारको प्रावधानको बारेमा सोच्नुपर्छ।
     यसै बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका निर्देशनहरूको इयु कूटनीतिज्ञहरूले आलोचना गरिरहेका छन् । गाजा शहर रफाहमा शरण खोज्ने १० लाख प्यालेस्टाइनीहरूलाई त्यहाँ योजनाबद्ध इजरायली सैन्य कारबाही अघि  बढाइएको छ । इयु  विदेश नीति प्रमुखले दक्षिणी गाजा शहर रफाहमा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्नु भएको छ। फेब्रुअरी ११ को त्यहाँको आक्रमणले ूएक अकल्पनीय मानवीय प्रकोप निम्त्याउनेू र छिमेकी इजिप्टसँग गम्भीर तनाव निम्त्याउने  उहाँको धारणा छ ।
     यसै बीच ग्रीसका पूर्व अर्थमन्त्री यानिस भारोफाकिसले गाजामा भइरहेको अत्याचारको जिम्मेवारी युरोपेली देशहरू रहेको बताउनु भएको छ ।
    हामी युरोपेलीहरूले समस्या  सृजना गरेका  छौं ।।। हामी यसको स्थायित्वका नाममा खराब भूमिका खेलिरहेका छौं, भारोफिकोसले अल जेजलाई भन्नुभयो ।
    बोरेललाई पूर्व अर्थमन्त्रीले यस घटनामा इजरायललाई पर्याप्त दबाब नदिएको र  इयुले इजरायललाई सामूहिक रूपमा सशस्त्र सहयोग गरिरहेको आरोप लगाउनु भएको छ । 
    ूजर्मनी,  फ्रान्स र इटालीले मानिसहरूलाई मार्न रफाहमा प्रयोग भइरहेका हतियारहरू पठाइरहेका छन्, भारोफाकिसले  थप टिप्पणी गर्नु भएको छ । 
    यसबाहेक, संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले पनि रफाहमा इजरायली भूमि हमलाको लागि दुःख व्यक्त गर्नु भएको छ । यदि नियोजित घुसपैठ रोकिएन भने भविष्मा के हुन्छ भन्ने पूर्ण कल्पना गर्न सकिने टर्कले उल्लेख गर्नु भयो ।
    उहाँले भननुभयो( रफाहमा सम्भावित पूर्ण सैन्य घुसपैठ, जहाँ करिब १५ लाख प्यालेस्टिनीहरू इजिप्टको सिमानामा भाग्नको लागि  तयार रहेको डरलाग्दो  अवस्था छ ।  यस सम्भावनालाई ध्यानमा राख्दै, धेरै ठूलो सङ्ख्यामा नागरिकहरू त्यसमा पनि प्रायः बालबालिका र महिलाहरू, सम्भवतः मारिने र घाइते हुने तीव्र सम्भावना छ ।
    गाजा पट्टीको ठूलो भागलाई ध्वस्त पारेको इजरायली हवाई आक्रमणबाट बच्न गाजाका अधिकांश जनसङ्ख्याले रफाहमा शरण लिएका छन्।
    गाजाको शासक निकाय हमासले इजरायललाई चेतावनी दिएको छ( रफाहमा कुनै पनि भूमिगत आक्रमणले युद्धविराम र कैदीहरूको आदानप्रदानका लागि चलिरहेको वार्तामा बाधा पुर्याआउन सक्छ ।
    प्यालेस्टिनी अधिकारीहरूले बताए अनुसार अक्टोबरदेखि इजरायली आक्रमणमा  २८ हजार ३४० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा पनि खासगरी महिला र बालबालिकाहरू बढी छन् 
    सहायता एजेन्सीहरूको भनाइ अनुसार गाजाको ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या विस्थापित भएको छ । 
    इजरायलले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको प्रतिक्रियामा कठोर सैन्य अभियान शुरु गरेको छ  जसले भयानक द्वन्द्व र मानवीय क्षति निम्त्याएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij