Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 846
    Shares

  • न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते

    न्युयोर्क । न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको  एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
    न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब ४:३० बजे गोली चलेको थियो ।
    गोली लागेर घाइते भएका  चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।  
    घटना बारे अनुसन्धान जारी छ ।

    प्रतिक्रिया दिनुहोस