Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 729
    Shares

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला

    काठमाडौँ ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आज (फागुन १ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्काशन खुला गर्न लागेको हो।
    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

    सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन ४ गते हुनेछ भने ढिलोमा फागुन १५ गते हुनेछ। 

    प्रतिक्रिया दिनुहोस