Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

शिव श्री हाइड्रोपावरले २४ करोड ७६ लाखको विद्युत बिक्री गर्यो


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 921
    Shares

  • शिव श्री हाइड्रोपावरले २४ करोड ७६ लाखको विद्युत बिक्री गर्यो

    काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ९३ लाख ६२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा पनि यस कम्पनीले घाटा व्यहोरेको छ । ६ महिनामा कम्पनीले २४ करोड ७६ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २२ करोड ६८ लाख १३ हजार रुपैयाँको विद्युत बिक्री गरेको थियो । प्रशासनिक खर्च २ करोड ४८ लाख रुपैयाँबाट बढेर २ करोड ५० लाख पुगेको छ । वित्तीय खर्च २२ करोड ९५ लाखबाट घटेर २० करोड ६७ लाख रुपैयाँ कायम भएको छ । वित्तीय खर्च धेरै हुँदापनि कम्पनी घाटामा गएको हो ।  हाल शिव श्रीको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोष ९६ करोड ९१ लाख रुपैयाँ ऋणात्मक छ।

    प्रतिक्रिया दिनुहोस