Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 558
    Shares

  • नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ

    अबुजा । नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ ।
    संघीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारी अनुसार  खोजतलास अबुजाको देई(देई(जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो । त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शंकास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ।
    'त्यस क्षेत्रमा छापा मार्दा २९३ पुरुष र १४ महिला संदिग्ध अपरहणकारीहरूलाई पक्राउ गरिएको,'इग्वेहले  बताउँनु भएको छ।
    संदिग्धहरूबाट हातहतियार र अन्य खरखजाना बरामद भएको बताइएको छ ।  प्रहरीले छापा मार्दा उनीहरूको साथबाट अवैध लागुऔषध तथा आपराधिक कार्यमा प्रयोग हुने मोटरसाइकल समेत फेला परेको छ।
     'संदिग्ध व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ ।सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस