Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले २० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 777
    Shares

  • सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले २० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट

    काठमाडौं ।  सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणलाई आइपीओ जारी गर्न नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका तर्फबाट अध्यक्ष सतिश न्यौपाने र नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले बिहीबार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।   सूर्यकुण्डले पुँजी संकलन गर्ने उद्देश्यले १०० रुपैयाँ अंकित दरले २० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं। १ स्थित अप्पर तादी खोला हाइड्रोपावर प्रोजेक्टमा ११ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस