Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

६ केजी सुन र ६३लाख नगदसहित भारतीय नागरिक पक्राउ


नया सडक

२०८०, फागुन २ बुधबार

  • 1.1k
    Shares

  • ६ केजी सुन र ६३लाख नगदसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं ।प्रहरीले स्रोत नखुलेको छ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । कास्की  प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई पक्राउ गरेको हो । 

    कास्की प्रहरीले ४० वर्षीय भौमिकलाई पक्राउ गरी मंगलबार साँझ सार्वजनिक ग¥यो । सोमबार रातिदेखि मंगलबार बिहान साढे ४ बजेसम्म लगाएर पक्राउ गरेको  भौमिकको साथबाट छ केजी ६९ ग्राम सुन, छ केजी चाँदी र ६२ लाख ८१ लाख नगद बरामद भएको प्रहरीले सार्वजनिक गरेको छ ।

    कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले यसबारे थप अनुसन्धान भइरहेको जनाउँदै बुधबार बिहान सुन, नगदसहित भौमिकलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइने जानकारी सार्वजनिक गरे । 

    भौमिकले तीन तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री गर्ने गरेका थिए । भौमिकको साथबाट १३ थान चेकसमेत फेला परेका छन् । 

    प्रतिक्रिया दिनुहोस