Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

सरकारद्वारा आगामी वर्षको बिदा सार्वजनिक

सरकारद्वारा आगामी वर्षको बिदा सार्वजनिक

  • काठमाडौं । सरकारले आगामी वर्षभरि (१ वैशाख ०८१ देखि चैत मसान्तसम्म) का लागि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ। गृह मन्त्रालयले सार्वजनिक गरेको  एक सूचनामा विक्रम संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा दिइने सबै बिदाको उल्लेख गरिएको हो ।

    सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहायबमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको सूचनामा जनाइएको छ।जसअनुसार वर्ष भरिका शनिबार विदा बैशाखमा १, ८,१५,२२ र २९ जेठमा ५,१२,१९ र२६ असारमा १,८,१५,२२ र २९ साउनमा ५,१२,१९ र२६ भदौ ५,१२,१९ र२६ असोज ५,१२,१९ र२६ कार्तिकमा ३,१०,१७ र २४ मंसिरमा १,८,१५,२२ र २९ पुसमा ६,१३,२० र २७ माघमा ५,१२,१९ र२६ फाल्गुणमा ३,१०,१७ र २४ र चैतमा २,९,१६,२३ र ३०गते रहने जनाइएको छ ।

    यसैगरी पर्व विदाहरूको समग्र विवरण माघ २९ गतेको राजपत्रमा उल्लेख छ । मुख्य पर्वहरू र एकसाथ लामो बिदा पर्ने पर्वहरूमा दशैं असोज १७ गते घटस्थापना  र२४ गतेदेखि२८ गतेसम्मको बिदा रहने जनाइएको छ । कार्तिक १५देखि १९ गतेसम्मको तिहार बिदा रहने छ ।  छठ पर्व २२ गते बिहीबार पर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij