काठमाडौं । आज नेप्से ५.९१ अंकले बढेर २०७६.५० विन्दुमा आएको छ । आज ४ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ७ वटा समूह सकारात्मक रहेका छन ।यस दिन ३०२ कम्पनीको १ करोड २३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड १७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गार्खाज फाइनान्स र प्राइम बैंक संस्थापक सेयर परेका छन् ।