Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

दैनिक दुई हजारको हाराहारीमा नेपालीहरू कामको खोजीमा विदेशिन्छन् 


नया सडक

२०८०, फागुन २ बुधबार

  • 915
    Shares

  • दैनिक दुई हजारको हाराहारीमा नेपालीहरू कामको खोजीमा विदेशिन्छन् 

    काठमाडौं । दैनिक दुई हजारको हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेको देखिएको छ ।वैदेशिक रोजगारी विभागको आँकडा अनुसार काम खोज्न दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुकबाट बाहिरिने गरेका छन् ।चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को सात महिनामा नयाँ तथा फेरि स्वीकृति लिनेहरूको संख्या ४ लाख ५ हजार ५ सय ५२ रहेको छ ।

    साउनदेखि माघसम्म प्रतिमहिना ५७ हजार ९ सय ३६ नेपालीे रोजगारीका लागि बाहिरिएका छन् । यसलाई ३०ले भाग दिएर हेर्दा औसत दैनिक १ हजार ९ सय ३१ नेपाली बाहिरिरहेको देखिन्छ ।गत आव २०७९÷८० को सोही अवधिको  तुलनामा केही कम नेपाली बाहिरिएको देखिन्छ ।  गत वर्ष माघ मसान्तसम्म ४ लाख ७८ हजार ८ सय ३० जना कामको खोजीमा विदेशिएका थिए ।

    यस वर्ष यूएईमा जानेहरूको संख्या बढी रहेको छ ।  यो आवको पहिलो सात महिनामा १ लाख १ हजार ७ सय ७८ नेपाली कामको खोजीमा यूएई पुगेका छन् । 
    तराई मधेशबाट जाने नेपालीहरूको संख्या बढी रहेको छ ।धनुषाबाट ३ हजार १ सय ४७, झापा २ जहार ९ सय ९१, मोरङ २ हजार ५ सय ७८, सिरहा २ हजार ५ सय ७२, रुपन्देही १ हजार ९ यस ५१, महोत्तरी २ हजार २ सय ७९, मुस्ताङ १५ र मनाङबाट १६ जना विदेशिएका छन् ।

    यो आवमा नेपालीहरूले पठाइरहेको रेमिट्यान्सले कीर्तिमान बनाइरहेको तथ्यांकबाट देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस वर्ष पुस मसान्तसम्म औसत १ खर्ब बढी रेमिट्यान्स आइरहेको छ ।पुस मसान्तसम्म ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको  देखिन्छ । गत वर्षको सोही अवधिको तुलनामा २५.३ प्रतिशत बढी  हो ।

    प्रतिक्रिया दिनुहोस