Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

चोरी पैठारी र भन्सार चुहावट बढेको विषयमा अर्थ समितिद्वारा अनुगमन गरिने

चोरी पैठारी र भन्सार चुहावट बढेको विषयमा अर्थ समितिद्वारा अनुगमन गरिने

  •  काठमाडौं । चोरी पैठारी र भन्सार चुहावट बढेको विषयमा संसदको अर्थ समितिले मुख्य मुख्य भन्सार कार्यालयहरूको स्थलगत अनुगमन गर्ने भएको छ ।बिहीबार बसेको समितिको बैठकले एक उपसमिति बनाएर अनगुमगन गर्र्नेे निर्णय गरेको हो। 

    बिल बिजक भन्दा बढी मालवस्तु भएको ट्रकहरू समातेर अनुसन्धान कार्यालयहरूमा प्रहरीले बुझाइरहेका समाचार निरन्तर नयाँ सडकले सार्वजनिक गदैृ आएको छ ।
    समिति सदस्यहरूले राजस्व वृद्धिदर घट्नुमा भन्सार चुहावट निकै बढेको तथा भन्सार कार्यालयबाट कम मूल्यांकन गरी न्यून विजीकरण बढेको देखिएकोले अनुगमन गर्नुपर्ने माग गरेका थिए ।
    भन्सार प्रशासनले प्रविधिको अभावले कतिपय समस्याहरू देखिएको भनाइ राख्दै आएको छ ।
    समिति सभापति सन्तोष चालिसेले उपसमिति गठनको लागि सबै पार्टीका प्रतिनिधिहरूलाई एक÷एक जना सदस्यको नाम उपलब्ध गराउन भनिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij