काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ६ महिनामा ७८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड ६ लाख ४३ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २२ करोड ८२ लाख रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ९४ पैसा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने ६३६ रुपैयाँ रहेको छ ।