Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

०१६साल यता पहिलो पटक नेपालमा छापिएको हुलाक टिकटमा पहिलो टाँचा लगाइयो

०१६साल यता पहिलो पटक नेपालमा छापिएको हुलाक टिकटमा पहिलो टाँचा लगाइयो

  • काठमाडौं । २०१६ साल पछि पहिलो पटक नेपालमा हुलाक टिकट नेपालमै फेरि छाप्न सुरु गरिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको समन्वयमा हुलाक सेवा विभागले छापेको टिकटमा  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टाँचा लगाएर उद्घाटन गरेकी हुन् ।विभिन्न ११ डिजाइनका हुलाक टिकटमा टाँचा लगाएर उद्घाटन कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार आयोजना गरिएको थियो ।


    विगतमा भारत, बंगलादेश र लातभियासँग टिकट खरिद गरिँदै आएको थियो । नेपालमै छपाइ सुरु भएपछि अब समय, लागत र प्रक्रियामा सहज र सहुलियत प्राप्त हुने हुलाक सेवा विभागको रहेको छ ।विभागका महानिर्देशक प्रदीपराज अधिकारीले हाललाई एक करोडभन्दा बढी थान टिकट छापिएको जानकारी सार्वजनिक गरे । एक करोड २५ लाख रुपैयाँ बजेटमा जनक शिक्षाले प्रतिटिकट ९५ पैसामा छापेको हो । विगत तीन वर्षदेखि हुलाक टिकट छापिएको थिएन । यो वर्षबाट हुलाक टिकट नेपालमै छाप्ने काम फेरि सुरु भएको र यसले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास गरिएको छ ।

    अहिले छापिएका विभिन्न ११ वटा डिजाइनका  हुलाक टिकट सहिद रामवृक्ष यादव, वाम आन्दोलनकी नेत्री साहना प्रधान, साहित्यिक व्यक्तित्व तथा राजनीतिज्ञ नेत्रलाल पौडेल ‘अभागी’, प्रजातान्त्रिक आन्दोलनका योद्धा कामी बुढा र नइ प्रकाशनको रजत महोत्सव, बाला त्रिपुरासुन्दरी देवी मन्दिर, औषधीय गुण भएका मरौठीसहित पाँच प्रकारका जडीबुटी अंकित छन्  । 

    एक करोडको हुलाक टिकट छाप्दा यसमा राजस्वमा १० करोड रुपैयाँ हाराहारीको  संकलन हुने छ । सरकारी र औपचारिक कागजातमा हुलाक टिकटको प्रयोग गरिन्छ । गत वर्षको हुलाक सेवा शुल्कको आम्दानी ३५ करोड रुपैयाँ थियो  । चालू आवको ६ महिनामा गत आवको सोही अवधिको तुलनामा २० प्रतिशत वृद्धि देखिन्छ ।  यो  आम्दानीमा यो नयाँ टिकटको बिक्री समावेश छैन् ।

    ०१६मा छापिएयता नेपालमा हुलाक टिकट छापिएको यो पहिलो पटक हो । पहिलोपटक प्रचलनमा ल्याइएको हुलाक टिकट नेपालमै छापिएको थियो । १९३८ सालमा खुकुरी चिह्न अंकित हुलाक टिकट छापिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij