Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

जलविद्युत आयोजनाको बीमामा लागु भएको ट्यारिफ प्रणाली हटाउनुपर्ने आवश्यकतामा जोड


नया सडक

२०८०, फागुन ५ शनिबार

  • 609
    Shares

  • जलविद्युत आयोजनाको बीमामा लागु भएको ट्यारिफ प्रणाली हटाउनुपर्ने आवश्यकतामा जोड

    काठमाडौं । जलविद्युत आयोजनाको बीमामा लागु भएको ट्यारिफ प्रणाली हटाएर स्वतन्त्र बजार केन्द्रित मूल्यमा बीमा रकम तोकिनुपर्ने आवश्यकता औँल्याइएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले  यस्तो आवश्यकता रहेको बताएका हुन् ।

    images

    स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको जलविद्युत बीमा–नीति र दृष्टिकोण विषयक अन्तर्क्रियामा अन्तरकृयामा अर्थमन्त्री महतले वास्तविक जोखिमको अध्ययन गरी त्यसै अनुसार उचित ढंगले  बीमाको प्रिमियम तोक्नु पर्ने बताए ।

    नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र जलविद्युत स्वच्छ उर्जा भएकाले दक्षिण एसियाली राष्ट्रका साथै अन्य राष्ट्रहरुले समेत जलविद्युतमा लगानी गर्न इच्छुक रहेको बताउँदै मन्त्री महतले उर्जा क्षेत्रको विकासका लागि आफूले पहल गरिरहने विश्वास दिलाए । 

    गत आर्थिक वर्षमा बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपका कारण ३१ जलविद्युत आयोजनाहरु प्रभावित भएका थिए । ती कम्पनीहरुले हालसम्म पनि बीमा कम्पनीबाट दाबी रकम नपाएको गुनासो छ ।

    कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादक तथा जलविद्युत व्यवसायीहरुलाई प्रतिनिधित्व गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले व्यवसायीहरुले दाबी गरेको ९ महिना बितिसक्दा समेत दाबी रकम नपाएको गुनासो गरेका थिए । 

    जलविद्युत बीमाका लागि आवश्यक पर्ने पर्याप्त पुर्नबीमाको व्यवस्था गर्न सकेमा बीमा प्राधिकरण जलविद्युतको बीमालाई लिएर ट्यारिफ  हटाउन तयार भएको नेपाल बीमा प्राधिकरणकी निर्देशक पुजन ढुङ्गेलले बताइन् ।

    प्रतिक्रिया दिनुहोस