Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

सेयर बजारबाट माघ महिनामा सरकारलाई पुँजीगत लाभकर ९७ करोड बढी प्राप्त 


नया सडक

२०८०, फागुन ६ आइतबार

  • 822
    Shares

  • सेयर बजारबाट माघ महिनामा सरकारलाई पुँजीगत लाभकर ९७ करोड बढी प्राप्त 

    काठमाडौं । सरकारले माघ महिनामा मात्रै सेयर बजारबाट  ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको छ ।  सीडीएस एण्ड क्लियरिङ कम्पनीको तथ्यांकअनुसार चालु आर्थिक वर्षका हालसम्मका महिनाहरूमध्ये माघमा  पूँजीगत लाभकर सबैभन्दा धेरै उठेको हो ।

    सेयर लगानीकर्ताका लागि सरकारले दुई दर कायम गरेर पूँजीगत लाभकर उठाउँदै आएको छ । १ वर्ष वा सोभन्दा कम अविधमा सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले नाफामा साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । त्यसैगरी १ वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत तिर्नुपर्छ ।

    माघमा उठेको पूँजीगत लाभकरमध्ये १६ करोड ३१ लाख ५७ हजार रुपैयाँ  १ वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गरेर बेचेका व्यक्तिगत लगानीकर्ताले तिरेको रकम हो । यो भनेको नाफामा ५ प्रतिशत लागेको कर रकम हो ।

    त्यस्तै छोटो अवधि अर्थात् १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री भएको सेयरबाट भएको नाफामा ५२ करोड ४४ लाख ७२ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ । यो भनेको नाफाबाट साढे ७ प्रतिशत तिरिएको कर रकम हो । बाँकी  ४ करोड ६५ लाख ४१ हजार रुपैयाँ भने संस्थागत लगानीकर्ताबाट संकलन भएको पूँजीगत लाभकर हो ।

     

    प्रतिक्रिया दिनुहोस