काठमाडौं । गत वर्षको मुनाफाबाट सेन्ट्रल फाइनान्स र शिखर इन्स्योरेन्सले सेयर धनीहरूलाई लाभांश वितरण नगर्ने भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने गरिएको लाभांश वितरण यो पटक नगर्ने भएका हुन् ।
फागुन ४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरिएको हो।
फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ । यसैगरी इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको छ ।