Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रको चुनौती 


नया सडक

२०८०, फागुन ६ आइतबार

  • 738
    Shares

  • मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रको चुनौती 

    काठमाडौं । मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु  अर्थतन्त्रको चुनौती कायमै भएको औँल्याइएको छ ।लगानी योग्य रकम अधिक तरलता हुँदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको जनाउँदै  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रको चुनौती कायमै भएको बताएका हुन् ।

    राष्ट्रिय व्यापार संघको साधारणसभामा  अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा झण्डै ५ खर्व रुपैयाँ  लगानी योग्य रकम थुप्रिएर बसेको र  सरकारले पुँजीगत खर्च गर्न नसकेकोले अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न नसकेको बताए ।

    अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुधार हुन नसकेको भन्दै उनले पुँजी चलायमान बनाउने गरी आर्थिक र वित्तीय नीति पुनरावलोकन हुनुपर्नेमा जोड दिए।

    चालु आर्थिक वर्षको ७ महिना पुरा भईसक्दा समेत विकास खर्च २१ प्रतिशतमा सिमित छ । शुरुमा महत्वकांक्षी बजेट ल्याउने खर्च गर्न नसकेपछि संशोधन गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस