Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पर्यटक आगमनमा वृद्धि हुँदा होटल व्यवसायको नाफामा सुधार 


नया सडक

२०८०, फागुन ७ सोमबार

  • 891
    Shares

  • पर्यटक आगमनमा वृद्धि हुँदा होटल व्यवसायको नाफामा सुधार 

    काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमनमा वृद्धि भइरहँदा होटलहरूको नाफामा सुधार भएको छ । सेयर बजारमा सूचीकृत होटलहरूले सार्वजनिक गरेको दोस्रो तीन महिने वित्तीय विवरणमा यस्तो सुधार देखिएको हो ।
    सार्वजनिक वित्तीय विवरणअनुसार होटलहरूको खुद नाफा गत वर्ष सोही अवधिको तुलनामा औसत ४८ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

    होटल तथा पर्यटन समूहका बजारमा सूचीकृत ६ कम्पनीमध्ये चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मुख्य व्यापार केबुलकार सञ्चालनबापत सेवा शुल्क हो । तर, अन्य चार कम्पनी सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल र सिटीको मुख्य व्यापार भनेको होटल व्यवसाय हो । यी होटलहरू मध्ये  सिटी होटल नोक्सानीमा छ । अन्य सूचीकृत सबै कम्पनी नाफामा छन् ।

    पर्यटक आगमनमा भएको वृद्धिबाट नाफामा सुधार भएको होटलहरूले जनाएका छन् ।
    ६ कम्पनीको कुल खुद नाफा ४४ करोड ९५ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा यो  नाफा ३० करोड ३३ लाख रुपैयाँ थियो । यस अनुसार  होटल तथा पर्यटन समूहका कम्पनीहरूको औसत नाफा ४८ प्रतिशत बढेको छ ।

    ह्यात होटल सञ्चालन गर्दै आएको तारागाउँ रिजेन्सी होटल कम्पनीको नाफा सबैभन्दा धेरै ७१ प्रतिशतले  बढेको छ । यस्तै

    ¥याडिसन होटल सञ्चालन गर्दै आएको ओरियन्टल होटल कम्पनीको खुद नाफा गत वर्षको समीक्षा अवधिको तुलनामा ४६ प्रतिशत बढेको छ । 

    सोल्टी होटलले ६ महिनामा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्ष समीक्षा अवधिको तुलनामा नाफा ४.६ प्रतिशत बढेको हो । 


    त्यस्तै केबुलकार सेवा सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्सको नाफा २२ प्रतिशत बढेको छ । 

    अर्को केबुलकार सेवा सञ्चालन गर्दै आएको कालिञ्चोक दर्शन कम्पनीले दोस्रो त्रैमासमा ६४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस