Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

घर जग्गा कारोबारमा वृद्धि, माघ महिनामा सवा  ३ अर्ब बढी राजस्व प्राप्त 


नया सडक

२०८०, फागुन ७ सोमबार

  • 1.1k
    Shares

  • घर जग्गा कारोबारमा वृद्धि, माघ महिनामा सवा  ३ अर्ब बढी राजस्व प्राप्त 

    काठमाडौं । पुस महिनाको तुलनामा माघमा घरजग्गा कारोबारमा वृद्धि भएको छ ।  माघ महिनामा घरजग्गा कारोबारबाट सरकारलाई  ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैंयाँ राजस्व प्राप्त भएको हो ।

    घर जग्गा कारोबारमा वृद्धि रकम पुस महिनाको तुलनामा माघ महिनामा १७ करोड बढीले बढेको देखियो । पुस महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन विभागको तथ्यांकले दर्शाएको छ ।

    माघ महिनामा देशभर ५० हजार ९२१ घरजग्गाको कारोबार हुँदा यो   पुसको तुलनामा १० प्रतिशतले बढी हो । गत पुसको तुलनामा माघमा घरजग्गाको काराबोर १२.४७ प्रतिशतले बढी हो। पुसमा ४६ हजार ३० घरजग्गाको कारोबार भएको थियो ।

    गत वर्ष माघ महिनामा भएको कारोबारको तुलनामा भने यो वर्षको माघमा घरजग्गा कारोबार २३.९७ प्रतिशतले बढेको हो। 

    प्रतिक्रिया दिनुहोस